• माेरङ,
    उर्लाबारी नगरपालिका परिसरमा सेवाग्राहीमाथि भएको आक्रमणको विरोध गर्दै नेकपा एमालेले निष्पक्ष छानबिन गर्न माग गरेको छ । नेकपा एमाले उर्लाबारी नगर कमिटीले छानबिनको माग गरेको हो ।

    बिहीबार नगर कमिटी अध्यक्ष उमाकान्त गौतम र नगरका सह–इञ्चार्ज पुष्प ढकालले बिहीबार विज्ञप्ति जारी गरी सो घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘यस्ता घटनाले आम नगरबासीप्रति मनोत्रास उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ– ‘स्थानीय सरकारप्रति नै वितृष्णा हुने हुँदा यस्ता गतिविधि नदोहोरिने गरी सत्यतथ्य छानबिनको माग गर्दछौँ ।’

    एमाले भातृ सङ्गठन युवा सङ्घ उर्लाबारीले पनि घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।मङ्गलबार माओवादी केन्द्र उर्लाबारीले पनि विज्ञप्ति जारी गरी उर्लाबारी नगरपालिकामा सेवाग्राहीमाथि भएको आक्रमणको निन्दा गरेको थियो । माओवादीले निष्पक्ष छानबिन गर्न माग गरेको थियो ।

    आफ्नो भवन निर्माण कार्य रोकिएको विषयमा जानकारी लिन जाँदा उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारी र उनीसँगै रहेका उर्लाबारी–८ का नारायण बस्नेतमाथि नगरपालिकाका मेयर खड्ग फागोको अगुवाइमा साङ्घातिक हमला भएको पीडित पक्षको आरोप छ । तर पीडित बस्नेतलाई उल्टै इलाका प्रहरी कार्यालय उर्लाबारीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको स्थानीयबासीले बताए ।

    नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेले दिएको उजुरीका आधारमा बस्नेतलाई अभद्र व्यवहार मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताए ।

    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफूमाथि लागेको आरोप निराधार भएको बताए । ‘सेवाग्राही नगरपालिका सेवा लिन आउँछन् तर उहाँहरू हप्कीदप्की गर्ने शैलीमा आउनुभएको थियो,’ उनले भने, ‘मेयरले हातपात गरे भन्ने आरोप निराधार हो, त्यसै आरोप लगाइएको हो ।’
    नगरपालिकामा सेवाग्राहीले सहजरूपमा सेवा लिन पाउने बताउँदै उनले निर्माणअघि नै नक्सा पास बनाउनुपर्छ भन्दा नमानेको बताए ।


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…