• विराटनगर । विराटनगरमा शनिबार बिहान आधा घण्टाभित्र तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।


    मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो।
    कोरोनाको उपचारका लागि अस्पताल भर्ना गरिएका विराटनगर–३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमणसँगै मृतकलाई एक्कासि हृदयघातको समस्या पनि थपिएको थियो। अचानक हृदयघात भएपछि थप उपचार गर्न नपाउँदै संक्रमित पुरुषको मृत्यु भएको जनाइएको छ ।

    मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो। त्यस्तै नोबेलमै उपचाररत सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि आज बिहान मृत्यु भएको छ।

    कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

    नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का संक्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको हो। महोत्तरीको महत्तरी–६ का ३५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको जनाइएको छ ।कोरोनाका कारण मृत्यु भएका तीनै जनाको शव व्यवस्थापनका लागि पहल भइरहेको अस्पतालले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …