• विराटनगर । कोरोना सङ्क्रमणका कारण सुनसरीमा आमा–छोराको मृत्यु भएको छ । आमाको होम आइसोलेसनमा मृत्यु भएको हो । छोराको अस्पतालमा मृत्यु भएको हो ।


    काेराेना सङ्क्रमण पुष्टि भएपछि हाेम आइसाेलेसनमा बसेकी आमाको बुधबार घरमै र शनिबार छोराको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र केन्द्रका संयोजक बैजनाथ साहका अनुसार सुनसरी इनरुवा नगरपालिका–३ घर भएका ६५ वर्षीय पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । सङ्क्रमित पुरुषको उपचारका क्रममा मुटु र श्वासप्रश्वासको समस्या जटिल बन्दै गएपछि मृत्यु भएको अस्पतालले बताएको छ ।

    इनरूवा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पीसीआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । बुधबार वृद्धाको मृत्यु भएको थियो । सोही दिन ६५ वर्षीय छोरालाई अस्पताल भर्ना गरिएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …