उर्लाबारी, २० बैशाख ।
कोरोना सचेतना अभियान कार्यक्रम नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज उर्लाबारीको दुर्गापुरी चोक क्षेत्रमा सञ्चालन गरेको छ।
युवा संघ.उर्लाबारी ८ र ९ नम्बर वडा कमिटीको संयुक्त आयोजनामा दुर्गापुरी चोक क्षेत्रमा अभिययान संचालन गरिएको हो । अभियानमा प्रहरी चौकी दुर्गापुरी र ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले पनि सहयोग गरेका थिए । सो अभियान अन्र्तगत सर्वसाधरणलाई मास्क वितरण गर्नुका साथै कोरोना भाईरसबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको थियो ।
पछिल्ला दिनमा कोरोना भाईरसको जोखिम बढ्दै गएपछि उर्लाबारी युवा संघले मास्क वितरण र सचेतना अभियान सञ्चालन गरिरहेको छ । यसअघि उर्लाबारी चोक र मंगलबारे क्षेत्रमा अभियान गरेको युवा संघले चाँडै आईतबारे चोकमा पनि कार्यक्रम गर्ने तयारी रहेको युवा संघ उर्लाबारीका अध्यक्ष योगेश बस्नेतले बताएका छन् ।