• विराटनगर ।

     प्रदेश १ मा मंगलबार ९०४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार ८ सयको पीसीआर परीक्षण गरिएकोमा ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुषसहित ३०७ जना संक्रमित भएका छन् । त्यसैगरी लेटाङमा २७, सुन्दरहरैंचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४–४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २–२ र मिक्लाजुङमा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको छ ।

    झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, विर्तामोडमा २५, दमकमा २३, बुद्धशान्ति र अर्जुनधारामा १८–१८, कनकाईमा १६, हल्दिबारीमा १०, कचनकवलमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बाह्रदशी, गौरादह र स्थानीय तह नखुलेका २–२ जनामा पनि संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    सुनसरीको धरानमा ८५, इटहरीमा ६०, इनरुवा र रामधुनीमा ८–८, दुहवी र बराहक्षेत्रमा ५–५, स्थानीय तह नखुलेका ३, गढी र कोशी गाउँपालिकामा २–२, बर्जु र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    धनकुटाको धनकुटा नगरपालिकामा १५, छथरमा १ र स्थानीय तह नखुलेका २, उदयपुरको कटारीमा १३, बेलका र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका ३, इलामको इलाम, सुर्योदय, चुलाचुली र रोङमा १–१, पाँचथरको स्थानीय तह नखुलेका २, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

    मंगलबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ हजार ८ सय २४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ३५९ संक्रमणमुक्त भएका छन् ।

    सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ । मंगलबार थप ५५ जना संक्रमणमुक्त भएका छन् । 

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज…

 मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी …