• विसं २०७८ साल वैशाख २९ गते बुधबार । इस्वी सन् २०२१ मे १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्ल पक्ष । तिथि–प्रतिपदा, २५ बजेर ५६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– कृतिका, २५ बजेर ५४ मिनेट उप्रान्त रोहिणी । योग–शोभन, २३ बजेर २५ मिनेट उप्रान्त अतिगण्ड । करण–किंष्तुध्न,  १२ बजेर ५५ मिनेट उप्रान्त बव, २५ बजेर ५६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मेष, ०५ बजेर ५६ मिनेट उप्रान्त बृष । 


    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी ३० पला ।


    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बिभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग छ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ, ध्यान दिनुहोला । पढाइलेखाइमा कमजोर भएको महसुस हुनेछ, भने नतिजा अरूतिर नै जानेछ । खानपानमा विशेष ध्यान दिनुहोला, खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।


    बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
    राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पदप्रतिष्ठा पाउने योग छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग छ ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
    अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगीहरुको सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग  छ । पैत्रिक धनसम्पत्ति हातलागी हुने योग छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने ग्रहयोग छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे)
    पढाइलेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीका बढोत्तरीको गतिलो योग छ । लगनशील तथा इमानदारिताले समाजका मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

    कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
    परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पतिपत्नी तथा मायाप्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको कामहरु बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम छ ।

    वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
    दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मानव निर्मित भौतिक सम्पत्ति तथा विलाशी सामान प्राप्त हुने योग छ । पढाइलेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय छ ।

    धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
    विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग  छ । सत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुशीले उचाइ नाघ्नेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

    मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
    विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अली बढी नै सङ्घर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुने छैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
    समाज सेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाँती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीचको सम्बन्धमा थप विश्वास थपिनेछ ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
    दाजुभाइ तथा छिमेकीबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेममा एकअर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

    तपाईंको दिन शुभ रहोस् ।
    युवा ज्योतिषी डीपी भण्डारी
    ज्योतिष परामर्ष सेवा केन्द्र ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…