• खोटाङ / खोटाङ जन्तेढुंगा गाउपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको   छ । उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो ।

     

    क्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो ।

    मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो ।

सम्वन्धित समाचार

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री …

मोरङ । मोरङको पथरीशनिश्चरे–४ की बर्षा दर्जी (कंसाकार) कुटपिट भएको बारेमा समाचार आउन थालेपछि घट्ना…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलीमा बस्दै आएकी २८ बर्षिय मोनिका राई (अणु) हराएपछि उनको च…

मोरङ । स्थानीय तह गठन भएपछि मोरङको कानेपोखरी गाउँपालिकामा साढे दुई करोडको वडा कार्यालय भवन निर्माण भएक…