• धरान / प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–४ बाट गत सोमबार विवाह मण्डपबाटै दुईजनालाई पक्राउ गरेको छ ।


    कानून विपरीत बालविवाह गरेको आरोपमा २६ वर्षीय बेहुला मिथिलेश पाल र विवाह गराउने बेहुलाका सानोबुबा फुलचन पाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरू दुवैलाई प्रहरीले सोमबार राति ९ बजे फुलचनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मिथिलेशले देवानगञ्ज–१ का रमानन्द पालकी २० वर्ष नपुगेकी छोरी कल्पनाकुमारी पालसँग बालविवाह गरिरहेको सूचना पाएको आधारमा मण्डपबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कल्पनाको उमेर १८ वर्ष ८ महिना १० दिन मात्र पुगेकाले कानूनले बालविवाह ठहर गरेको छ । २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई कानूनले बाल विवाह मान्ने गरेकाले पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १७३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …