• नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारको दाबी गर्ने सम्भावना न्युन भएको नेताहरूलाई बताएका छन्।

    आफ्नै निवास बुढानिलकण्ठमा आज पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर देउवाले बहुमत पुग्ने अवस्था नदेखिएकोले सरकारको दाबी नगर्ने निष्कर्षमा आफू पुगेको बिफ्रिङ गरेका छन्।

    ‘माधव नेपालले निर्णय गर्न सकेनन्। जसपा पनि एकजुट भएर आएन,’ देउवाले गरेको बिफ्रिङबारे कांग्रेसका एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘बहुमत नै नपुग्ने अवस्थामा सरकारको दाबी गर्दै राष्ट्रपतिसमक्ष गएर काम छैन, यो झन्झटमा नलागौं।’

    एमाले नेता नेपाल पक्षका कम्तिमा २० बढी सांसदले राजीनामा दिए नयाँ सरकार बनाउन बहुमत पुग्ने अपेक्षामा कांग्रेस थियो।

    गत सोमबार नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका थिए।

    त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई समय दिएकी थिइन्।

    आज बेलुकी ९ बजे उक्त समय सकिँदैछ।

    प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका एमाले नेता नेपाल पक्षका २८ सांसदको निर्णय कुरेर बसेका देउवाले आफूलाई सहयोग गर्ने संकेत नपाएपछि नयाँ सरकारको दाबी नगर्ने निकर्ष सुनाएका हुन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…