• विराटनगर, ३० वैशाख : प्रदेश १ मा बिहीबार १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्याका हिसाबले यो अहिले सम्मकै उच्च संक्रमण हो ।

    प्रदेश १ मा बिहीबार अहिलेसम्मकै सवैभन्दा धेरै स्वाबका नमूना परीक्षण गरिएको छ । विभिन्न प्रयोगशालामा २ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएकोमा ४४० महिला र ५९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    मोरङको विराटनगरमा १३० महिला र १६६ पुरुष सहित २९६, सुन्दरहरैंचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा ३–३, पथरीशनिश्चरे, कानेपोखरी, रंगेली र धनपालथानमा २–२, ग्रामथान, बुढीगंगा र लेटाङमा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै झापाको विर्तामोडमा ७७, मेचीनगरमा ३२, दमकमा ३१, अर्जुनधारामा २४, कनकाईमा २३, बुद्धशान्तिमा १८, शिवसताक्षीमा १५, कमल गाउँपालिकामा ११, भद्रपुरमा ८, गौरादहमा ७, बाह्रदशीमा ५, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, गौरीगञ्ज र कचनकवलमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    सुनसरीको इटहरीमा ६८, धरानमा ५४, इनरुवामा ५, हरिनगर, दुहवी र स्थानीय तह नखुलेको ३–३, बर्जुमा २, भोक्राहा नरसिंह, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।

    ताप्लेजुङमा फुङलिङमा ५७, मिक्वाखोला र याङवरकमा ६–६, श्रीजंगामा ४, मेरिङदेनमा ५, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ३४, धर्मदेवीमा ९, चैनपुरमा ६, सभापोखरीमा ३, मादी र मकालुमा १–१ जनामा कोरोना पुष्टि भएको हो ।

    सोलुखुम्वुको सोलुदुधकुण्डमा १३, नेचासल्यानमा ४, थुलुङ दुधकोशीमा २, महाकुलुङमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, छथरमा ३, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेको १–१ जना संक्रमित भएका छन् ।

    भोजपुरको भोजपुरमा ८, षडानन्दमा १, उदयपुरको त्रियुगामा ७, स्थानीय तह नखुलेका २, इलामको सुर्योदयमा २, माई, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथर फिदिम, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको आठराईमा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन् । बिहीबार थप १५७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ ।


     

सम्वन्धित समाचार

भक्तपुर,  २७  साउन भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा …

खोटाङ,  २७ साउन  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सिद्धथान साम…

बैतडी, २६ साउन बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको क…

जुम्ला, २६ साउन  नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकाको विवाह गर…