• विाटनगर, ५ जेठ : प्रदेश १ मा बुधबार एकै दिन १ हजार २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

    बुधबार २४ घण्टामा २ हजार ७ सय ५३ जनाको पीसीआर परीक्षणगर्दा ५४३ महिला र ७५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्याले परीक्षण दर बढाउँदै लगिए संक्रमित पनि थपिंदै जाने देखाएको छ ।

    बुधबार मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५ जना संक्रमित भएका छन् । कोरोनाको दोस्रो लहरको हटस्पट बनेको विराटनगर महानगरपालिकामा बुधबारको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो ।

    मन्त्रालयका अनुसार सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५, सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

    झापाको दमकमा ९२, मेचीनगरमा ६५, विर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८, बाह्रदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमल गाउँपालिकामा ४–४, गौरादहमा २, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ६ जना संक्रमित भएका छन् ।

    सुनसरीको इटहरीमा ६६, धरानमा ५७, दुहवीमा १५, बराहक्षेत्र र रामधुनीमा ६–६, देवानगञ्ज र इनरुवामा ५–५, बर्जुमा ४, गढी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी धनकुटाको छथरमा २६, चौवीसेमा २२, महालक्ष्मीमा १९, धनकुटा नगरपालिकामा १३, पाख्रिबासमा ५, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा ६०, मेरिङदेनमा ९, पाथिभरा याङवरक, मिक्वाखोला, फक्ताङलुङ, श्रीजंगा र सिदिङ्वामा १ र स्थानीय तह नखुलेका ९ जनामा कोरोना पुष्टि भएको छ ।

    खोटाङको रावाबेंसीमा १५, जन्तेढुङ्गामा १३ र स्थानीय तह नखुलेका १, पाँचथरको मिक्लाजुङमा १५ र कुम्वायकमा १, संखुवासभाको पाँचखपनमा ८, खाँदबारीमा ५ र धर्मदेवीमा १, इलामको सुर्योदयमा ५, मांसेवुङमा ४, इलाम नगरपालिकामा २ र रोङमा १ मा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    भोजपुरको भोजपुर नगरपालिकामा २, टेम्केमैयुङमा १ र स्थानीय तह नखुलेका ४, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लालीगुराँसमा १, ओखलढुङ्गामा र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४७ हजार ८ सय ६८ पुगेको छ । संक्रमित भएकामध्ये ३१ हजार ५ सय ७३ संक्रमणमुक्त भएका छन् ।

    बुधबार थप २२४ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ५९० पुगेको जनाइएको छ ।

     

    अघिल्लो समाचार

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…

म्याग्दी, २५ मङ्सिर   म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक व…