• टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।

    टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी महामारीका कारण निधन भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्नेछ, टाटा कम्पनीको बजार व्यवस्था शाखाले जनाएको छ ।

    त्यसैगरी कोभिड–१९ का कारण निधन भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि बेहोर्ने कम्पनीले जनाएको छ ।

    टाटा कम्पनीले उक्त घोषणा सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी गराएको छ । कम्पनीको उक्त घोषणाको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।

     

सम्वन्धित समाचार

नयाँ दिल्ली, ९ जेठ (रासस-एएनआई) : भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएक…

दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेक…

कोरिया । सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा…

काठमण्डौ / वैदेशिक रोजगारीका लागि गत नोभेम्बर, २०१९ मा कुवेतको आर्मर स्टेट कम्पनीमा सेक्युरिटी गार्डको रुप…