गत जेठ ४ गते बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङगपुर स्थित निर्माणधीन मदर्शा परिसरमा ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमीन अन्सारीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
मृतक बालकहरुको आमाका प्रेमीले उनीहरुको हत्या गरेको रहस्य प्रहरीले पत्ता लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार रङगपुरकै २५ वर्षीय फरमुल्लाह अन्सारी ९मृत बालकहरुको आमाका प्रेमी० ले उनीहरुबीचको अनैतिक प्रेम सम्बन्ध बारे खुलासा हुने डरले बालकहरुको हत्या गरेको रहस्य पत्ता लगाएको हो ।
प्रहरीले जेठ ४ गते नै हत्या संलग्न रहेको आशंकामा फरमुल्लाहलाई नियन्त्रणमा लिएको थियो । फरमुल्लाहलाई नियन्त्रणमा लिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । मृतक बालकका आमा मीना खातुनसँगको आफनो अनैतिक प्रेम सम्बन्धको पोल खुल्ने डरले जेठ ३ गते बेलुकी साढे ७ बजे तिर दुवै बालकलाई ललाइ फकाइ गाउँकै मदरशामा लगेर छुराले घाँटी रेटेर हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरुरी कार्यालयका प्रहरी नायव उपरीक्षक डीएसपी गौतम मिश्रले बताए ।
मृतक बालकका बुबा अब्दुल गफार वैदेशिक रोजगारीका शीलशीलामा तीन वर्षदेखि कतारमा रहेका छन् । र फरमुल्लाहले छोराहरुलाई छाडी दुई छोरीहरुलाई मात्र लिएर भारतमा गएर आफूसँग बस्न दबाब दिँदै आएका थिए । तर मीनाले छोराहरुलाई छोडेर फरमुल्लाहसँग भारत गएर बस्न मानेकी थिइनन् ।
त्यसैबीच, फरमुल्लाह र आमा मीना खातुनको अनैतिक प्रेम सम्बन्ध बारे मृतक बालकहरुले थाहा पाए । उनीहरुले ईद पर्वमा बाबु कतारबाट आएपछि सबै कुरा भनिदिने पनि बताएका थिए । दुवै जना बालकले अनैतिक प्रेम सम्बन्ध बारे उसका बाबुलाई भनिदेने र मीना खातुन पनि आफूसँग भारत जान नमानेपछि उनले बालकको घाँटी रेटेर हत्या गरको स्वीकार गरे ।