• जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि थप गरेको छ । खुकुलो प्रावधानसहित मङ्गलबारबाट सात दिनका लागि निषेधाज्ञा अवधि थप गरेको हो । 
    थप गरिएको अवधिमा सार्वजनिक र निजी सवारी सञ्चालन खुला गरिएको छ । बजार पसल पनि दिनभर खुला गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । यसअघि निजी सवारीलाई जोरबिजोर नम्बरका आधारमा खुला गरिएकाे थियो । मङ्गलबारबाट सार्वजनिक यातायातका साधन पनि जोरबिजोरका आधारमा खुला गरिएको  उनले बताए । सवारीसाधन जिल्लाभर मात्रै सञ्चालन हुन पाउनेछन् ।  लामा दुरीका सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । 
    ‘सार्वजनिक र निजी सवारीसाधन जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न दिने निर्णय भएकाे छ,’ उनले भने, ‘बजार पसल पनि बेलुका ६ बजेसम्म खुला गर्ने निर्णय भयो ।’ 
    कोरोना सङ्क्रमण दर घट्दै गएका कारण निषेधाज्ञाको प्रावधान खुकुलो बनाइएको उनले बताए । होटल सञ्चालन गर्ने विषयमा भने कुनै निर्णय नभएको उनले बताए । एक सातापछि निषेधाज्ञा हट्ने उनले बताए ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…