उर्लाबारी/उर्लाबारी नगरपालिका – ३ घर भई हाल काठमाण्डौँमा रहेर कान्तिपुर दैनिकमा कार्यरत युवा पत्रकार गोविन्द पोखरेललाई नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको बिज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार – २०७७ प्रदान गरिएको छ । बालुवाटारमा बिहिवार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई सो पुरस्कार प्रदान गरेका हुन् ।
सो पुरस्कारको राशि रु ५० हजार रहेको छ । पोखरेल कान्तिपुर दैनिकमा विशेषत : बिज्ञान विषयमा कलम चलाउँदै आएका छन् ।
उर्लाबारीबाट तत्कालिन रुपमा प्रकाशन हुँदै आएको निगरानी दैनिकबाट पोखरेलले पत्रकारिता सुरु गरेका हुन् ।