• साबिक पथरीशनिश्चरे गाविसका पुर्ब अध्यक्ष मोहन न्यौपाने सम्मान लिदै

    मोरङ । मोरङको पथरीशनिश्चरे ४ नम्बर वडाले साविक शनिश्चरे गाविसका पूर्ब जनप्रतिनिधि र वर्तमान वडामा रहेका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार फ्रदान गरेको छ । 


    सुक्रबार वडा कार्यालयमा कार्यत्रमको आयोजना गरी पूर्ब जनप्रतिनिधिलाई सम्मान, कर्मचारीलाई पुरस्कृत गरेको हो । पथरी शनिश्चरे नगरपालिका साबिक पथरी, शनिश्चरे र हसन्दह गाविस मिलाएर पथरीशनिश्चरे नगरपालिका बनेको हो । 


    साबिक शनिश्चरे गाविस नगरपालिका भएपछि ४, ८, ९ र १० गरी चार वटा वडामा विभाजन भएको छ । ४ नम्बर वडाले साबिक शनिश्चरे गाबिसका पूर्ब प्रधानपञ्च जहरमान लिम्बू, जितबहादुर गिरी, पूर्ब गाबिस अध्यक्ष मोहन न्यौपानेलाई सम्मन पत्र र खादा ओढाएर सम्मान गरेको हो । त्यसैगरी तत्कालीन वडा अध्यक्षहरु गजेन्द्र बस्नेत, पोषण पोखरेल, मानबहादुर बिक, घमण्ड ठकुरी, हर्कबहादुर लिम्बूलाई वडाले सम्मान गरेको हो । तत्कालीन शनिश्चरे गाविस र वर्तमान वडाहरुको बिकास गर्न पूर्ब जनप्रतिनिधिहरुको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको वर्तमान वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीले बताए ।  वडा सचिव तारानिधि साप्कोटा, प्राविधिक देवकृष्ण यादव, कर्मचारी मिना योञ्जन, शर्मिला धिमाल, गीता चापागाईलाई कदर पत्र र उत्कृष्ट कर्मचारीको रुपमा खिना ठकुरीलाई सम्मान गरेको हो । 

    त्यसैगरी बिद्यालयहरुमा वाल बालिकाहरुलाई पढाउदै आएका शिक्षिकाहरुलाई समेत नगदसहित कदर गरेको छ । यसरी पुरस्कृत हुने सहयोगी कार्यकर्ताहरुमा भागिरथ माविका सुनिता कार्की, नर्बदादेखि निरौला, ममता सुब्बा, सरस्वती आधारभूत विद्यालयका योगमाया ढुङ्गाना, हिमादेवि निरौला, मिनाकुमारी राई, सिद्धार्थ आविका सुनिता मादेन र जनकल्यण आधारभूत विद्यालयको कुसकुमारी लामिछाने र भक्ती रेग्मीलाई पुरस्कृत गरिएको हो । 

    वडा नम्बर ४ का वडा अध्यक्षको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद साप्कोटा, नगर कार्यपालिका सदस्य भद्रमान बिक लगायतको हातबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 
    नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद साप्कोटाले अग्रज जनप्रतिनिधिहरुको सम्मान र कर्मचारीहरुलाई पुरस्कृत गर्ने वडाको कार्यको प्रशांसा गरेका थिए । 


    वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहाल, ९ का भानुभक्त राई, स्थानीय प्रहरी प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रम मार्फत ४ नम्बर वडा भवन संयुक्त रुपमा उद्घाटन भएको थियो । 
    साविक शनिश्चरे गाबिसको अधुरो भवनलाई नगर र वडाबाट करिव २० लाखको लागतमा मर्मत गरेर उद्घाटन गरिएको वडा अध्यक्ष गोविन्द भण्डारीले जानकारी दिए । उपस्थिति अतिथि र सहभागिहरुलाई वडा सदस्य अमर बराइलीले स्वागत गरेका थिए । 


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…