• विराटनगरमा रक्सीको नसामा रहेका भाइले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर दाजुको हत्या गरेका छन् । 


    मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । 

    लागुऔषधको दुव्र्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन ९मापसे० गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीको भनाइ छ । उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ । 

    गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पु¥याएको थियो । तर अस्पताल पुर्याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए । 

    एसपी जिसीका अनुसार मृतकलाई लागेको चोटका आधारमा घटनामा धारिलो हतियार प्रयोग भएको पुष्टि भए पनि साजनले भने सोकेसको सिसाले हानेको प्रहरीलाई बताएका छन् । ‘हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छैन । खोजी रहेका छौँ,’ उनले भने, ‘घटनास्थलमा सिसाका फुटेका टुक्राहरु छरिएका छन् । कुर्सीहरु फुटेका एवं भाँचिएका छन् । घटनास्थल वरपर धेरै रगत लतपतिएको छ ।’ 

    दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ गरेका बेला उनी रक्सीको नसामा लट्ठ थिए । दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो । उनी आफै घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार लागुऔषधको दुव्र्यसनमा फसेका उनले विगतमा पनि लागुऔषध र मादक पदार्थको नसामा विभिन्न अपराधिक घटना गराएको पाइएको छ । विगतमा विभिन्न अपराधिक घटनामा संलग्न साजनलाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो । 

    राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका सूचक रहेका भोला भने एक महिनाअघि तालिमका लागि हेटौँडा गरेको कार्यालयका प्रमुख हीरा भट्टराईले बताए । उनका अनुसार तालिम सकिएपछि उनी केही दिनअघि मात्रै विदा लिएर विराटनगरस्थित घर आएका थिए । 

    निषेधाज्ञाका कारण सवारीसाधन सञ्चालन नहुँदा उनले विराटनगरबाट खोटाङ फर्कन नपाएको भट्टराईको भनाइ छ । भोलाले खोटाङ जानका लागि शुक्रबार बिहान एम्बुलेन्सको व्यवस्था गरिसकेका थिए । तर अन्तिम समयमा एम्बुलेन्सले नभ्याएपछि उनी घरमै रोकिएर रहेको पाइएको प्रहरीको भनाइ छ । 

    भोलाका १६ वर्ष मुनिका दुई छोरा र श्रीमती छन् । भोलाको हत्या गर्ने साजनको भने गत वैशाखमा श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको पाइएको छ । मादक पदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमा झैझगडा तथा कुटपिट गर्ने गरेपछि श्रीमतीले सँगै बस्न नमानेर सम्बन्ध विच्छेद गरेको स्थानीयको भनाइ छ । 

    तर कानुनी रूपमा साजनसँग अलग भए पनि श्रीमती उनकै परिवारको संरक्षणमा थिइन् । प्रहरीका अनुसार श्रीमतीलाई परिवारका अन्य सदस्यले समर्थन गरेको भन्दै बारम्बार साजनले घरमा झगडा गरिरहेको पाइएको छ । त्यही विषयलाई लिएर विवाद गरिरहेको पाइएपछि साजनलाई सम्झाईबुझाई गर्न पुगेका दाजुकै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


    एसपी जिसीले घटनाको गम्भीर रूपले अनुसन्धान थालिएको जनाए । दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…

म्याग्दी, २५ मङ्सिर   म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक व…