•  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गएपछि विभिन्न पदमा नेताहरुले दावी सुरु गरेका छन् । यसैक्रममा युवा नेता राजन रायमाझीले सभापतिमा आफ्नो दावी प्रस्तुत गरेका छन् । 

    रायमाझीले  वडा अधिवेशनमा आफूले उर्लाबारी—९ को सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । तरुण दल नगरको सचिव भइसकेकाले पनि सभापतिमा उनको दावी स्वभाविक हो । उनले वडा सभापतिमा सबैको सहयोग पाउने विश्वास व्यक्त गरे ।

    सिनीयरलाई सम्मान गर्ने र पार्टी संगठनका लागि खट्ने भएकाले रायमाझीको सभापति बन्ने संभावना बलियो छ । युवालाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने धारणा विकसित हुँदै गएकाले पनि राजनले अवसर पाउनुपर्ने माग स्थानीयस्तरमा बढेको छ ।

    निरन्तर पार्टी काममा खटिएको र  पद नलिएकाले पनि आफ्नो दावी पुग्ने उनको भनाइ छ । रायमाझीले तरुण दलको नगर सचिव सफलतापूर्वक कार्यकाल निर्वाह गरिसकेका छन् । 

    त्यसबाहेक सामाजिक काममा पनि रायमाझीको सक्रियता हुँदै आएको छ । उनले समाजको भलाईका लागि सामाजिक क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

    रायमाझी सबैले रुचाएका युवा नेतामा पर्छन् । उनलाई उर्लाबारी—९ को सभापति बनाउँदा पार्टीलाई फाइदा पुग्ने स्थानीयको भनाइ छ ।

सम्वन्धित समाचार

गण्डकी, २८ असोज गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको ब…

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक प…

भदौ २५ गते सम्पन्न वडा सम्मेलनले माओवादी केन्द्र मिक्लाजुङ्ग १ को वडा  कमिटी सर्वसम्मत रुपमा चयन गरेको …

भदौ १९ गते माओवादी केन्द्र मिक्लाजुङ्ग ९ को वडा भेलाले गौरी कान्त लम्साल संयोजक र खगेन्द्र दाहाल सहसंयोजक र…