• मोरङ । मोरङ बेलबारी ८ राधानगरमा सुक्रबार सामुहिक रकम (पैसा)को बिषयमा कुटपिटहुँदा पथरीशनिश्चरे १ बुद्ध चोकको सञ्जय लिम्बू घाइते भएका छन् । 
    घाइते लिम्बूको उपचारको लागि आज (शनिबार) बिहान हेलिकप्टर चार्टर गरेर काठमाडौ लगिएको छ । लिम्बूको काठमाडौ स्थित मेडिसीटि अस्पतालको इमेजेन्सीमा उपचार भइरहेको बिरामीसँगै गएका रोसन थक्लुङ लिम्बूले बताए । 

    बेलबारी ८ राधानगरमा जग्गा भएका पथरी बुद्ध चोकका ३९ बर्षिय सञ्जय लिम्बू र राधानगरका लक्ष्मण तामाङवीच सामुहिक रकमको बिषयमा भनाभन भएको थियो । एक आपसमा आक्रोस बढ्दै जाँदा आफूमाथि निर्घात कुटपिट भएको सञ्जय लिम्बूले बताए । लिम्बूको कानको जडि, ढाड, हातको पाखुरा, गर्धन लगायतको अंगहरुमा रगत जमिएको सुम्ला देखिएको छ । घाइते लिम्बूले आफूलाई लक्ष्मण तामाङको आफन्तहरु लागेर लाठि, रड, तरवार, खुकुरीसम्म लिएर ज्यान मार्ने गरी आक्रमण भएको बताए । 

    यता लक्ष्मण तामाङले भने सामुहिक रकमको बिषयमा छलफलहुँदा सञ्जय लिम्बूले हात बनाएर आफ्नो मुखसम्म ल्याएपछि त्यहाँ रहेका युवाहरुले लछारपछारसम्म पारेको बताए । छोरा समान उमेर भएको सञ्जय लिम्बूले हात बनाएर मुखसम्म ल्याएकोमा आफूलाई दुःख लागेपनि हात नफर्काएको तर त्यहाँ रहेका अन्य युवाहरुले लिम्बूलाई लछार पछारसम्म पारेको लक्ष्मण तामाङको भनाइ छ । 

    दुई पक्षको तनाव भएपछि इकाला प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको भेन आएर दुबै पक्षलाई बेलबारी लगेको थियो । बेलबारीमा दुई पक्षवीच दिनभर छलफल भएको थियो । छलफलमा सञ्जय लिम्बूको उपचारपछि दुवै पक्ष आएर अन्तिम मेलमिलाप गर्ने लिखित सहमतिपछि घरघर गएको बेलबारी प्रहरी प्रमुख इन्स्पेक्टर सरोज खनालले बताए । बेलबारीमा दुबै तर्फका राजनीतिक, सामाजिक रुपमा स्थापित युवा समूहवीच छलफल भएको थियो । 

    त्यसपछि सञ्जय लिम्बू पथरी बुद्ध चोक घरैमा आएर बसेपनि बिहानखेरी बान्ता आउने र रिगटा लाग्ने ढल्ने समस्या भएपछि पथरी स्थित मोरङ अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । त्यपछि थप उपचारको लागि करिव साढे ९ बजे हेलिकप्टर चार्टर गरेर काठमाडौ गएका हुन् । राधानगर मोरङ कानेपोखरी र बेलबारीको सीमाना भएर बग्ने डाँसखोला पश्चिम पूर्बपख्चिम मुख्य सडक दक्षिणमा पर्दछ । त्यहाँ बर्षेनी डाँसखोलाले कटान गर्दछ । करिव ३ बर्ष अघि कटान भएको स्थलमा तटबन्धनको लागि ढुङ्गा, गिटी लिन आउने ट्रिपरबाट एक सयको दरले रकम उठाउने सहमति भएको थियो ।

    त्यो रकम करिव ९७ हजार लक्ष्मण तामाङसँग रहेकोले सो रकम माग्ने क्रममा आफूमाथि निर्घात कुटपिट भएको सञ्जय लिम्बूको भनाइ छ । यता लक्ष्मण तामाङले भने त्यो बेला ट्रिपरबाट रकम उठाउने सहमति भएपनि प्रहरीले उठाउन नदिएको तर गाउँमा आफ्नो नेतृत्वमा एउटा पुल निर्माण र अर्को एक गरी दुईवटा कामबाट उबारेको पैसा आफूसँग रहेको बताए । त्यो रकम सामुहिक कामकै लागि राखिएको तामाङको भनाइ छ । 

    सुक्रबार त्यो रकमको लागि नभएर अर्कै बिषयमा झगडा भएको तामाङको भनाइ छ । डाँसखोला तटबन्धनको लागि ६४ लाख सरकारी बजेट परेकोमा त्यहाँ जग्गा भएका सञ्जय लिम्बूसहित गाउँका १५ जनाले एक लाख ८० हजारको दरले अग्रिम पैसा निकालेर काम सकेको र सरकारबाट आएको पैसा सुक्रबार बाड्ने दिन थियो । सरकारबाट आएको रकम एकै पटक नआएको कारण सुक्रबार सावा वितरण गरौ र उब्रेमा पछि हिसाब गरौ भन्ने प्रस्ताव राख्दा सञ्जय लिम्बूले सबै हिसाव हुनुपर्छ भन्ने जिकिर गरेपछि भनाभन सुरु भएको लक्ष्मणको भनाइ छ । 

    एकै पटक सबै रकमको चेक नआएकोले उब्रेमा पछि बाँडौ वा सामुहिक काममै खर्च गरौला भन्दा सञ्जय लिम्बूले तपाई गलत नियतको मान्छे, पुरानो हिसाव पनि ल्याउनु भनेपछि भनाभनहुँदा हात बनाएर मुखमा ल्याएपछि त्यहाँ रहेका अन्य युवाहरुले लछारपछार पारेको तामाङको भनाइ छ । 

    सञ्जय लिम्बूले भने पुरानो पैसा नल्याए लक्ष्मण तामाङको अहिलेको पैसा रोक्न खोज्दा आफूमाथि हत्याको प्रयास भएको बताए । दुई पक्षवीच झडपहुने खबर आएपछि घट्ना स्थाल पुगेर तीन वटा खुकुरीसहित सबैलाई लिएर आएको आइतबार थप छलफल गर्ने लिखित सहमतिपछि दुबै पक्ष घरघर गएको प्रहरी निरीक्षक सरोज खनालले बताए । बिरामी काठमाडौं लानु पर्ने स्थिति आए नआएको वा कुन स्वास्थ्य कर्मीले रिफर गरेर उपचारको लागि लगिएको आफूलाई हालसम्म जानकारी नआएको प्रहरी निरीक्षक खनालको भनाइ छ । 


     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …