• मोरङ । मोरङको कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङद्धारा आज टेक्वाण्डो खेलाडीलाई अपग्रेड गर्दै नयाँ बेल्ट प्रदान गरिएको छ ।


        शनिबार रमाइलो स्थित जनसेवाको माविमा कार्यक्रमको आयोजना गरी खेलाडीको योग्यताको परीक्षा गरी बेल्ट प्रदान गरिएको हो । ४७ जना खेलाडीलाई ओरेन्ज बेल्ट, ६ जनालाई स्टेप ग्रिन बेल्ट र १ जना आशिष भुजेललाई स्टेप ब्लाक बेल्ट गरी ५४ जना खेलाडिहरुलाई अपग्रेड गरिएको छ । 


        कार्यक्रममा खेलअवधिभर अनुसाशित खेल्ने आकृती दवाडी, नियमित उपस्थित हुने खेलाडी सौगात चौधरी र खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आशिका माझीलाई पुरस्कार प्रदान गरिएको थियो ।
    कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका प्रवक्तासुशिल बुढाथोकी, वडा अध्यक्ष खड्ग बस्नेत, आइटिएफ टेक्वाण्डो १ नम्बर प्रदेश अध्यक्ष प्रविण कार्की, कार्यक्रममा नेकपा एमालेको तर्फबाट कुमार फुयल, नेपाली कांग्रेसको तर्फबाट नेत्र थापा, अभिभावकको तर्फबाट कृष्ण कुमारी दवाडी, राष्टिय युवा संघ केन्द्रीय सदस्य तथा मोरङ अध्यक्ष नविन पौडेल लगायतले शुभकामन मन्तव्य दिएका थिए । 


    कार्यक्रममा आइटिएफ तेक्वाण्डोको प्रशिक्षक युवराज भुजेल, इन्दिरा थापा, नवीन तामाङ, चतुरलाल चौधरी र राजेन्द्र धिमाल लगायतका खेलाडिहरु कार्यक्रममा सहभागि रहेका थिए । डोजाङ्का सचिव एविन पाठकले सञ्चालन गरिएको कार्यक्रम सभाध्यक्ष युवराज भुजेलले गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …