•  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गएपछि विभिन्न पदमा नेताहरुले दावी सुरु गरेका छन् । यसैक्रममा युवा नेता राजन रायमाझीले सभापतिमा आफ्नो दावी प्रस्तुत गरेका छन् । 

    रायमाझीले  वडा अधिवेशनमा आफूले उर्लाबारी—९ को सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । तरुण दल नगरको सचिव भइसकेकाले पनि सभापतिमा उनको दावी स्वभाविक हो । उनले वडा सभापतिमा सबैको सहयोग पाउने विश्वास व्यक्त गरे ।

    सिनीयरलाई सम्मान गर्ने र पार्टी संगठनका लागि खट्ने भएकाले रायमाझीको सभापति बन्ने संभावना बलियो छ । युवालाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने धारणा विकसित हुँदै गएकाले पनि राजनले अवसर पाउनुपर्ने माग स्थानीयस्तरमा बढेको छ ।

    निरन्तर पार्टी काममा खटिएको र  पद नलिएकाले पनि आफ्नो दावी पुग्ने उनको भनाइ छ । रायमाझीले तरुण दलको नगर सचिव सफलतापूर्वक कार्यकाल निर्वाह गरिसकेका छन् । 

    त्यसबाहेक सामाजिक काममा पनि रायमाझीको सक्रियता हुँदै आएको छ । उनले समाजको भलाईका लागि सामाजिक क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

    रायमाझी सबैले रुचाएका युवा नेतामा पर्छन् । उनलाई उर्लाबारी—९ को सभापति बनाउँदा पार्टीलाई फाइदा पुग्ने स्थानीयको भनाइ छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…