उर्लाबारी । देशभरि यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चर्चा छ । चिया पसल होस वा कुनै चौक । जहाँ पनि समूह समूहमा छलफल हुन थालेको छ ।
महाधिवेशनको सरगर्मी बढेसँगै वडा देखि केन्द्र सम्मका विभिन्न पदमा उम्मेद्वारी दिने क्रम बढेको छ । सोही क्रामा पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेसको सभापतिमा सुरेन्द्र लिम्बूले उम्मेद्वारी घोषणा गर्नु भएको छ । लिम्बू १२ औं महाधिवेशनबाट तत्कालिन उर्लाबारी गाविसको २ नं। वडा सभापतिमा निर्वाचित हुनु भएको थियो । यस्तै १२ औं महाधिवेशनबाट उर्लाबारी नगरपालिका वडा नम्बर ५ को सभापति बने । दुई कार्यकाल वडा सभापति भएर सफल नेतृत्व प्रदान गरेका लिम्बू अबको नगर सभापतिका पहिलो रोजाईका उम्मेद्वार हुन् ।
नगर सभापतिमा लिम्बू नै किन ?
सुरेन्द्र लिम्बू तल्लो तहबाट राजनीति गरेर नगर सभापतिमा दाबी गर्ने एक्ला उम्मेद्वार हुन । पार्टीको स्थायी कार्यकर्ता बनेर काम गरिरहेका लिम्बू गत स्थानीय निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउने अभियानको अग्रपंक्तिमा थिए । लिम्बू वडा सभापति रहेको उर्लाबारी–५ मा कांग्रेसको पक्षमा सर्वाधिक मत झार्न उनी सफल हुए । वडाका ५ जना उम्मेद्वार मध्ये १ जना सदस्य बाहेक सबै सदस्यले चुनाब जिते ।
त्यति मात्र होइन,लिम्बू आज सम्म आर्थिक लाभ हुने कुनै पदमा बसेका छैनन । उनले भने–वडाध्यक्षमा मेरो दाबी थियो । पार्टीका उपल्लो तहका नेताहरूले छोड भन्नुभयो , छोडें । मैले वडा सदस्य पनि दाबी गरिन । लिम्बूले उर्लाबारी जेसीजमा रहेर लामो समय काम गरे । उनले भने, २०११ मा प्रवेश गरेर कोषाध्यक्ष, महासचिव सम्मको जिम्मेवारी सम्हालें । जेसीजले समाजमा अन्तरघुलन हुन सिकायो । उर्लाबारीको ब्यापारिक इतिहासमा लिम्बूको छुट्टै पहिचान छ । उनले नै उर्लाबारीमा अट्टोमोवाइलको ब्यापार भित्राएका हुन । ब्यापारमा हात हालेर धेरै ब्यापारी, उद्योगीहरू पलायन भए , कति टाट उल्टिए । तर, २९ वर्षको उमेरमा अट्टोमोवाइलको ब्यापारमा प्रवेश गरेका लिम्बू १८ वर्षयता निरन्तर उही ब्यावसायमा रमाइरहेका छन् । टिकिरहेका छन् ।
लिम्बूका सबै आफन्त बिदेशमा छन् । बेलायत होस या हङकङ । बिदेश जान्छु भन्दा सुरेन्द्रलाई कुनै रोकटोक छैन् । बिदेशमा गरिने श्रम स्वदेश मै गर्ने हो भने दाम, नाम र मान कमाउन सकिन्छ भन्ने बुझेका लिम्बूको ब्यापार बिदेशमा भन्दा कम छैन् ।२०५१ मा धनकुटाबाट उर्लाबारी झरेका सुरेन्द्र राजनीतिमा कसैलाई निषेध नगर्ने बताउछन् । उनले भने–अन्तरपार्टीमा गुट उपगुट सामान्य बिषय हुन् । गुट उप गुट भएन भने पार्टीमा सर्वसत्तावाद लागु हुन्छ ।
सुरेन्द्र उर्लाबारीका युवा राजनीतिकर्मीमा‘‘क्लिन चिट’ नेता हुन् । आर्थिक मामलामा होस या , सामाजिक । कुनै फौजदारी अभियोग होस वा कसैप्रति अप्रिय बोली । सुरेन्द्रको नाम कतै जोडिएर आउँदैन् । तरुण दलको राजनीतिक ‘स्कुलिङ’बाट आए पनि न त उनी कसैको बहकाउमा लागेर डण्डा लिएर उत्रिएका छन् । न कतै झगडामा देखिएका छन् । उनको अर्जुन दृष्टि नै शुद्ध ब्यापार र शुद्ध राजनीति हो । आफू सभापति भए सामूहिक छलफलबाट बिवादको समाधान निकाल्ने उनको भनाई छ । उर्लाबारीको बिकास सँग आफ्नो राजनीति जोडिएको बताउँदै उनले भने–शहरलाई आवास क्षेत्र,खोला किनारमा स्थायी तटबन्ध गरी औद्योगिक क्षेत्र र गाउँलाई कृषि र पशुपालनको पकेट क्षेत्रका रुपमा बिकास गर्नुपर्छ ।
२०५६ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका लिम्बू उर्लाबारीको कोषाध्यक्ष भएपछि कांग्रेसको राजनीतिमा लागे । सुरेन्द्र राजनीतिलाई सेवा ब्यवसाय भित्र राख्छन् । राजनीतिलाई पैसा कमाउने पेशा बनाउनु नहुने उनको तर्क छ । पैसा ब्यापारबाटै कमाउने हो । कमाएकै छु । सहयोगका लागि सुरेन्द्रको अगाडि पुग्ने काही पनि खाली हात फर्किदैनन् । यसले सानो भए पनि सहयोग गर्छ भनेर आएको मान्छेलाई किन खाली हात पठाउनु ? उनले आम्दानीको केही अंश समावसेवा र सहयोगमा खर्च गर्ने गरेको सुनाए
।
नगर सभापतिमा मुख्यप्रतिस्पर्धी को हो नि ? भन्ने जिज्ञाषामा उनले भने– यो नै प्रतिस्पर्धी भनेर नाम लिन चाहन्न ।तर,तीन कार्यकाल सभापति भइसकेका ब्यक्तिले पुन सभापति मै दाबी गर्दा पछिल्लो पुस्ताले कहिले अबसर पाउँने हो ? अग्रज नेताहरूले आफूलाई माथिल्लो तहको राजनीतिमा स्थापित गर्दै जानुभयो भने मात्र युवा पुस्ताले अवसर पाउँछन् । पार्टीको तर्फबाट राजनीतिक नियुक्ति लिएर काम गरेका,विभिन्न पदमा बसेर लामो समय कामको अनुभव लिएका अग्रजहरूले आफ्नो अनुभव जे मा छ, त्यही क्षेत्रमा काम गरिदिए हुन्थ्यो भन्ने मेरो बुझाई हो । अर्को कुरा थप्छु – सधैं उर्लाबारी बाहिर बस्ने, यहाँका पार्टी गतिबिधिमा नदेखिने साथीहरू पनि अहिले आएर पार्टीको सभापतिमा लालायित भएको देखिन्छ । तर, सधैं गाउँघरमा बसेर पार्टी र अन्तरपार्टी बीचमा काम गरेका युवा साथीहरू सँगै प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।