• "त्याग्नु पर्छ"

    नरेशले मानेको, धर्म मात्र,
    राष्टको धर्म मान्नेहरुलाई,
    नरेशले बोलेको, भाषा मात्र
    राष्ट्र भाषा,मान्नेहरुलाई
    म त, भन्छु
    यो देशमा धेरै,धर्म मानिन्छ
    धेरै, भाषा बोलिन्छ
    सबैले सामाजिक यथार्ततालाई,
    स्विकार्नु पर्छ।
    त्यसैले उनिहरुले, मक्किएको मानसिकता(पुरातन)
    अब त,त्याग्नु पर्छ।

    नरेशले कल्पना गरेको, शासन मात्र,
    असलि साशन हो,
    जनताको सघर्ष र बलिदानिबाट,
    निर्माण गरेको शासन ब्यबस्थालाई,
    बिदेशी दुह्रा थोपरिएको, 
    शासन ब्यबस्था भन्नेहरुलाई ,
    बर्खिलाप गर्नेहरुलाई,
    म त भन्छु
    यो शासन ब्यबस्था निर्माण गर्न,
    हजारौको बलिदानि भएको छ,
    लाखौको समपर्ण छ,
    अनि मात्र,शासन ब्यबस्था निर्माण भएको छ,
    त्यसैले उनिहरुले, पुर्बाग्रहि मानसिकता ,
    अब त त्याग्नु पर्छ।

    नरेश,नरेश नरहे पनि
    सडकमा उनिहरु भन्दैछ्न,
    नरेशको कल्पनाको, आधरमा बनेको,
    सबै राजनैतिक गतिविधि गर्नुपर्छ,
    प्रसासनिक सरचना बन्नुपर्छ,
    शासनसत्ता चलाईरहनु पर्छ,
    म त भन्छु
    यि सबै बन्नुपर्छ भन्ने,
    ईच्छा,चाहाना र आकक्षा,
    सामाजिक बनावट सुहाउँदो ,
    राजनैतिक र प्रसानिक सरचना होईन,
    नया सबिधानमा छैन,
    त्यसैले उनिहरुले,प्रतिगामि मानसिकता,अब त, त्याग्नुपर्छ।

    नरेशले मानेको सस्कृति मात्र,
    राष्ट्रको माहान सस्कृति भनिएको छ,
    एकल समुदायको सस्कृतिलाई मात्र
    देशको सस्कृतिमा, गनिएको छ,
    समाबेशि सस्कृतिको कुरा गर्नेलाई,
    सप्रदायिक, जत्थामा दरिएको छ
    त्यसैले त,म त भन्छु
    नेपालि समाज बहुसस्कृतिक समाज हो,
    एकल, सस्कृतिको पक्क्षपोषण  गरेर होइन,
    सबै,सबै सस्कृतिको सम्मान गरेर,
    उन्नत सस्कृति, बन्छ,
    हाम्रो,2072 को सबिधानमा यहि लेखिएको छ,
    त्यसैले,उनिहरुले असहिष्णु ,सास्कृतिक मानसिकता
    अब त ,त्याग्नु पर्छ।

    नरेशहरु बाट देशलाई,
    भन्नलाई,त, साझा,
    फुलबारी पनि भनियो,
    कसैलाई काख,कसैलाई पाखा,
    यस्तो भेदभाब कहिल्यै गरिदैन,
    यस्ता थुप्रै-2,राजकाज बाणी,
    पाठयपुस्तक हरुमा पनि पढियो,
    तर, म त भन्छु,
    साशनसत्ता सन्चालनमा ,
    कहिल्यै सझा गरिएन,
    अझै सबिधानमा हटाए पनि,
    राज्यसत्ता सचालन, बिबेधकारि नै छ,
    सबैको भाषा र सस्कृतिलाई,
    कहिल्यै राजकिय बनाईएन,
    त्यसैले उनिहरुले,असमाबेशि मानसिकता,
    अब त, त्याग्नुपर्छ।

    नरेशहरु बाट नारा लगाईयो,
    हिमाल,पाहाड र तराई,
    कोहि हुने छैन,पराई,
    तर ,तिन सय बर्ष देखि निरन्तर-2,
    एउटै कुल,बश र परिवारले,
    शासन सत्ता चलाईरहे,
    अरु सबका सबलाई,
    यस्तै,यस्तै आक्रर्षक लयहरुमा,
    शताब्दिऔ सम्म भुलाईरहे,
    त्यसैले, म त भन्छु,
    यस्ता, पाखण्डी लयहरु,
    पत्याउन छोडनु पर्छ,
    हिमाल,पाहाड र तराई, सबैलाई जोडने,
    बिकाशको, मुल फोडने,
    एकताको सुत्रमा सुत्र बद्ध गरि,
    ईतिहासको पानामा सिमित,
    बशिय, परम्परालाई तोड्दै,
    सबलाई मुक्ति दिलाउने,
    राजनैतिक एजेन्डा बोक्नु पर्छ,
    त्यसैले उनिहरुले,भुलभुलैयामा पार्ने,
    उधारो मानसिकता,
    अब त, त्याग्नु पर्छ।

    नरेश, देशमा चाहिन्छ,भन्नेहरुलाई,
    अब सबै मिलेर, भन्नु पर्छ,
    बषौ,बर्ष सम्म,शासनसत्ता  चलाउदा,
    समाजिक बिबिधताको कहिल्यै,
    सम्बोधन भएन,
    अनेकतामा एकता,बिबिधतामा सघियता,
    समाज सुहाउँदो,  साशन ब्यबाथा,
    सघिय लोकतान्त्रिक ,गणतन्त्रात्मक साशन ब्यबस्था,
    निर्माण कहिल्यै गरिएन,
    त्यसैले त म त भन्छु,
    सबिधानमा बन्देज गरिएको,
    जय देश,जय नरेश भन्न पाईदैन,
    फालिएको राजतन्त्र फिर्ता चाहिदैन,
    सघिय शासन ब्यबस्था,
    जुग जुग रहनु पर्छ,
    भर्खरै सस्थागत हुदै गरेको,
    सघिय शासन ब्यबस्थाको,
    कमिकमजोरी  सहनुपर्छ,
    त्यसैले उनिहरुले ,दुस्साहस गर्ने मानसिकता,
    अब त,त्याग्नु पर्छ।

    समाप्त

    सघिय शासन ब्यबस्थामा समर्पित।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …