• मोरङ । वनबाट चोरी गरेर ल्याएको काठ किन्ने मोरङको पथरीशनिश्चरे—७ का समिल सञ्चालक कृष्णकुमार कोइराला ३ लाख धरौटीमा छुटेका छन् ।
    कोइराला जंगलबाट चोरी गरेर ल्याएको काठ किनेको आरोपमा भदौ १५ सब डिभिजन वन कार्यालय पथरीले पक्रेको थियो । 
    काठ चोरी गरेर बिक्री गर्न लगेको आरोपमा पथरीशनिश्चरे—१० का ३१ बर्षिय हेमकुमार माझीलाई पनि असोज ४ गते पक्राउ परेका थिए । जिल्ला अदालत मोरङले कोइरालालाई तीन र माझीलाई एक लाख धरौटी लिएर छाडेको डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्रकुमार कार्कीले बताए । 
    कोइरालाको समिल नगरको ७ नम्बर वडाको बिष्णु चोकमा भएपनि घर भने १० ऐयाबारी नै हुन् । सोही मुद्धामा परेका जुठे भनेर चिनिने महेन्द्र खवास भने परार भएको बुझिएको छ । 
    कोइरालाको समिलबाट ५२.१९ क्युफिट सखुवाको १२३ थान र २ क्युफिट गोलिया एक थान काठ बरामद भएको डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । माझी र खवासले पशुपति सामुदायिक वन समूहको क्षेत्रबाट काठ चोरी गरेर त्यहाँ बिक्री गरेको बुझिएको छ । पछिल्लो समयमा बिभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट काठ चोरी तस्कारी बढेको बुझिएको छ । 
     

सम्वन्धित समाचार

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…