• मोरङ । चाड सुरु हुनलाग्दा मोरङको पथरीशनिश्चरे र कानेपोखरीको बिभिन्न स्थानमा चोरीको घट्ना बढेको छ । 
    चाड सुरु हुनलाग्दा बिभिन्न स्थानमा सुनको गहना, मोबाइल, नगद तथा लुगा कपडा चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । 
    कानेपोखरी—४ को बिनोद सुब्बाको घरबाट मोबाइल (रेड मी) र पेन्टको गोजीमा रहेको ६ सय नगद चोरी  गरेको अरोपमा पथरीशनिश्चरे ८ सुक्रबारेका बिनोद राई, केशव बिक, बिजय माझी प्रहरी नियन्त्रणमा परेका छन् । 
    उनीहरुले १० गते आइतबार राति मोबाइल र पैसा चोरी गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरु २३ देखि २८ बर्ष उमेर समूहका छन् ।
    कानेपोखरी ४ कै ७१ बर्बिया दिब्यकुमारी ढुङ्गानाले लगाएको कानको मारबाडी चोरले लुछेर लगेको पीडित परिवारले जनाएको छ । राति सुतेको अवस्थामा चार आना बराबरको मारबाडी चोरले लुछेर लगेको हो । घट्ना भदौ २५ गते रातिको हो ।
    त्यसको दुई दिनपछि २७ गते राति लक्ष्मी ढुङ्गानाको घरबाट सुनको दुई वटा औठी, तिलरी, जग्गा धनिपुर्जा र नागरिकता चोरी भएको थियो । चोरले गहना लगायतको सामाग्री राखेको बाकसै बोकेर लगेको ढुङ्गानाले बताए । बाकस डाँसखोला छेउमा लगेर फोरिएको अवस्थामा फेला परेको थियो । यो सबै घट्नामा पक्राउ परेका ब्यक्तिहरुको समूह हुन सक्ने पीडितहरुको भनाइ छ । 
    यता पथरीशनिश्चरे १ को सुनाखरी चोक स्थित पर्शुराम राईको घर फोरेर गहना तथा लगाउने कपडा चोरी भएको छ । घट्ना १० गते रातिको हो ।
    घरमा कोही नभएको बेला दुई वटा कोठा फोरेर राई समुदायको सांस्कृतिक चाडमा लगाउने पैसा र चाँदीको दुई थान हारी, भेटी (सिक्का पैसा)करिव एक किलो, दुई थान साडिचोला चोरी भएको स्थानीय कर्ण राईले बताए । चोरी गर्नेले लाइटर छाडेको र त्यही लाइटरको आधारमा चोर पत्ता लागेको राईले बताए । सामान २० बर्षिय अजय सुब्बाले खोला छेउमा लुकाएको अवस्थामा फेला परेको बताइएको छ । सुब्बा प्रहरी नियन्त्रणमा रहेका छन् । पक्राउ परेका सबैलाई चोरी सम्बन्धी मुद्धा दर्ता भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…