• मोरङ । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अघि हुने मोरङ पथरीशनिश्चरे नगर अधिवेशनमा सभापति पदका लागि चार जना उमेद्वार चुनावी मैदानमा उत्रिने देखिएका छन । 
    मोरङमा असोज १५ गते मनोनयन दर्ता गरेर १६ गते मतदान हुने भएको छ । 
    कांग्रेसको विधान ९ औ संशोधन अनुसार नगरपालिकामा सभापतिको साथै उपसभापति २, सचिव २, सहसचिव २ जना गरी मुख्य ७ पदमा निर्वाचन हुन्छ । कोषाध्यक्ष भने सदस्य मध्येबाट मनोनित गर्ने बैधानिक ब्यबस्था रहेको छ । 
    पथरीशनिश्चरे नगर सभापतिमा चार जनाको भिडन्तहुने देखिन्छ । जसमध्ये रुपनाराण भट्टराई, ईश्वर थापा, लोकनाथ खरेल र पर्शुराम कार्की कार्यकर्तावीच सभापतिमा मनोनयन गर्ने मनसाय ब्यक्त गर्दै आएको बुझिएको छ ।
    भट्टराई, थापा र खरेल भोट माग्दै हिडेका छन भने पर्शुराम कार्की सर्वसहमत रुपमा स्वीकारीय नेतृत्व लिने कार्यकर्तालाई बताउदै आएको बुझिएको छ ।
    रुपनाराण भट्टराई कोइराला र लोकनाथ खरेल देउवा पक्षको उमेद्वार रहेको बुझिएको छ । ईश्वर थापा कोइराला निकटका भएपनि स्वतन्त्र रुपमा सभापति उठ्न लागेको बुझिएको छ । 
    त्यसैगरी उपाध्यक्षमा बिहिबारसम्म सन्तोष कार्की र केबी गुरुङ मात्र देखिएका छन् । उपसभापति २ जना निर्वाचित हुनुपर्नेमा मनोनयनको दिनसम्म अरु उमेद्वार आउनु सक्ने कार्यकर्ताहरुको भनाइ छ । युवा ब्यबसायी रहेका सन्तोष कार्की क्षेत्रीय प्रतिनिधिहरुसँग भोट मागेर हिडिरहेका छन् ।
    कांग्रेस भित्र मात्र नभएर नगरको राजनीतिक सामाजिक रुपमा लोकप्रिय कार्की उपसभापतिको गहकिलो उमेद्वार हुन । 
    त्यसैगरी सचिव पदमा पनि चार जना प्रतिष्प्रर्धि देखिएका छन् । सचिवमा सोमबहादुर कटुवाल(सन्तोष), पर्शु गुरुङ, लक्ष्मी दुलाल र टाइवन राईले उमेद्वारी घोषणा गरेका छन् । 
    जसमध्ये सोमबहादुर कटुवाल (सन्तोष)निक्कै समय अघि उमेद्वारी घोषणा गरेर भोट मागिरहेका छन् । पार्टी सम्बद्ध युवाहरुको संगठन तरुण दलको नगर सभापति चलाएका परिपक्क कटुवाल नेता, कार्यकर्तावीच लोकप्रिया युवा हुन् । 
    पर्शु गुरुङ, लक्ष्मी दुलाल नगर कांग्रेसका पुराना नेता हुन भने टाइवन चाम्लिङ राई युवा जोसको साथ अघि बढ्ने सम्भावना छ । 
    सहसचिव २ पदमा खगेन्द्र बस्नेत, सागर बराल र भरत थापाले उमेद्वारी घोषणा गरेको बुझिएको छ । पार्टीको नगर सदस्य भने वडाबाट एक महिला पर्ने गरी हरेक वडाबाट ३—३ जना निर्वाचित हुने ब्यबस्था छ । यस बाहेक समुदायगत रुपमा सदस्यहरु निर्वाचित गर्ने विधानमा ब्यबस्था छ । 
    यो अधिवेशनमा वडाबाट निर्वाचित क्षेत्रीय प्रनिनिधिहरु, वडा सभापतिहरु, क्षेत्रीय, नगर निवर्तमान सभापतिहरु गरी नगरपालिकामा दुई सय बढी मतदाता छन् । 

     वडा सभापतिहरु
    पथरीशनिश्चरे नगरको १० वटा वडामा अधिवेशनबाट ५ सर्वसहमत र ५ निर्वाचित वडा सभापतिहरु चयन भएका छन् ।
    वडा नम्बर १ बाट वीरेन्द्र प्रसाँइ (निर्वाचित), २ मा लोकनाथ अधिकारी(सर्वसहमत), ३ बाट बिजय सुब्बा (निर्वाचित), ४ मा नन्दबहादुर बस्नेत (सर्वसहमत), ५ बाट चेतेन्द्र खड्का (निर्वाचित), ६ मा ज्ञानबहादुर बस्नेत(सर्वसहमत), ७ बाट ईन्द्रबहादुर गौतम(सर्वसहमत), ८ मा टिकाराम खड्का (निर्वाचित), ९ बाट मेकबहादुर तामाङ (निर्वाचित) र १० मा प्रकाश अधिकारी (सर्वसहमत) सभापति चयन भएका छन् । 

    उपसभापतिमा कार्की दरिलो उमेद्वार


    साबिक हसन्दहबाट राजनीतिक जीवन सुरु गरेका सन्तोष कार्की यतिबेला क्षेत्रीय प्रतिनिधि, वडा सभापति लगायतका मतदातासँग भोट मागिरहेका छन् ।
    उमेरले ४५ पुग्दै गरेका कार्की अघिल्लो महाधिवेशनहरुमा सिनियर साथिहरुलाई अवसर छाड्दै आएकोले यो पटक भने उमेद्वार घोषणा गरेर लागिरहेका छन् ।  
    पथरीको पञ्चायत माविमा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा लागेका कार्की निरन्तर कांग्रेसमा खट्दै आएका परिचित कार्यकर्ता हुन् । 
    नगरमा नेतृत्व सर्वसहमत होस भन्ने विचार राख्ने सन्तोष  चुनाब भएपनि जित्ने उमेद्वारमा पर्दछन् । कांग्रेस कार्यकर्ता पार्टीको नीति, सिद्धान्त र अनुसासनमा बस्नु पर्ने बताउछन् । नगरको नेतृत्वले आउने तीनै तहको निर्वाचन जिताउने जिम्मेवारी रहेने कार्कीको भनाइ छ । 
    कांग्रेस उप–सभापतिका उमेद्वार कार्कीले आफ्नो बिजय भएमा आउन लागेको चुनावमा कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार नबन्ने बताएका छन् । 
    पार्टीले तयार गरेको योजना सफल गर्न लागि पर्ने र विकास हुन नसकेको क्षेत्रलाई अगाडि बढाउन लागि पर्ने बताउँछन् । 
    नेता कार्यकर्ता गुट, उपगुटमा नलागेर कांग्रेसलाई पथरीशनिश्चरेमा विजयी गराउन एकजुट भएर लाग्नु पर्ने कार्कीको विचार छ । 

    सचिवमा कटुवालले अत्याधिक मत ल्याउने दावि


    कांग्रेस नगर अधिवेशनमा सचिव दुई पदको लागि चार जनाको नाम चर्चामा छ । जसमध्ये पार्टी सम्बद्ध युवाहरुको संगठन तरुण दलको नगर अध्यक्षको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका युवाहुन सोमबहादुर कटुवाल (सन्तोष) । 
    कटुवाल अव पार्टी सचिव भएर काम गर्ने उदेश्यका साथ उम्मेद्वारी घोषणा गरेर भोट मागिरहेका छन् । करिव ८ वर्ष तरुण दलको काम गरेका सोमबहादुर यो अधिवेसनबाट पार्टी नेतृत्वमा आउन चाहेका हुन् । 
    आफ्नो संगठनमा मात्र नभएर एमाले, माओवादी, नेकपा (एस), जसपाको नेता, कार्यकर्ताहरुसँग पनि उत्तिकै सम्बन्ध राख्दै आएका कटुवाल २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका युवा हुन् । उनी सामाजिक रुपमा पनि उत्तिकै स्थापित छन् ।
    उमेरले ३५ बर्ष पुगेका कटुवाल २०७० बाट स्थानीय जनचेतना युवा क्वलको अध्यक्ष, पथरीबाट प्रकाशित क्रेजी साप्ताहिक पत्रिका प्रकाशन समूहका उपाध्यक्ष, हिट्स नेपालको तालिम व्यावस्थापक हुन् । ब्यबसायिक हिसावले गौरिभक्त होटल म्यानेजमेन्टको म्यानेजिङ डाइरेक्टरको रुपमा कार्यरत छन् ।
    जुनसुकै पार्टीको युवाहरु भ्रष्ट नेतृत्वको विरोधमा लाग्नु पर्ने बताउछन् । भ्रष्टचार र आफू माथि पुग्न जस्तो सुकै हत्कण्डा गर्न पछि नपर्ने नेताहरुको कारण युवा जमातमा राजनीतिप्रति घृणा जाग्ने अवस्था आएकोले सबै पार्टीका युवाहरु यो अवस्थालाई सुधार गर्न लाग्नु पर्ने बताउछन । 
    पार्टी भित्रको चुनाव जित्नकै लागि गुट, उपगुटमा लाग्नु, बनाउनुलाई गलत संस्कार भएको बताउछन कटुवाल । गुटमा लाग्नु भन्दा सिंगो पार्टीलाई मर्यादित बनाएर स्वच्छ प्रतिस्पर्धा मार्फत असल नेतृत्व आउनुपर्ने कटुवालको भनाइ छ । 
    स्वच्छ प्रतिस्पर्धा बाट आएका नेतृत्वले मात्र जनमुखी काम, भ्रष्टाचारको विरोधि, विकृति र विसंङ्गति विरुद्ध बोल्न र लाग्न सक्ने उनको भनाइ छ । युवामा लामो सयम काम गरेकोले आफूलाई अत्याधिक मत आउने सचिव पदका उमेद्वार सोमबहादुर कटुवालको दावि छ ।
     

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…