• मोरङ । दुई पत्रकार सहित नौ जनालाई सम्माण गर्दै मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले सुक्रबार १६ र्औ बार्षिक साधारण सभा समापन गरेको छ । 
    समूहले पत्रकार प्राइम टेलिभिजनका समाचारदाता कुमार खड्का र क्रेजी साप्ताहिक पत्रिकामा कार्यरत ईश्वर दुलाललाई सम्माण पत्र र मायाको चिनोले सम्माण गरेको हो । 
    त्यसैगरी संस्थाको पूर्व पदाधिकारी सदस्यहरु रोहित बास्तोला, कुमारी साही, चन्द्रकला गुरुङ, खड्गप्रसाद राई, टंकप्रसाद घिमिरे, कृष्णप्रसाद घिमिरे र भक्तबहादुर लकान्द्रीलाई सम्माण गरेको हो । 
    समूहका अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरका प्रवक्ता यामप्रसाद गुरागाई, वैज्ञानिक वन सञ्जालका केन्द्रीय उपाध्यक्ष दिलराम राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, हरियाली वन कम्पनीका अध्यक्ष अशोक साम्पाङ राई संस्थाको लेखा परीक्षण गर्दै आएका  सीए एकराज सिग्देल लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
    संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष काबुलबहादुर मगर, आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिलबहादुर तामाङ र लेखा समितिको प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए । 
    हरियाली वन वन ब्याबस्थापनमा नेपालकै प्रथम हुनुको साथै समूहका अध्यक्ष काबुलबहादुर मगर वन क्षेत्रको राष्ट्रिय अभियान्ताको रुपमा सरकारी निकायबाट सम्माणित पुरस्कृत भएका ब्यक्ति हुन् । 
    सामुदायिक वनले करिव तीन सय क्षमताको एसीसहितको सभा हल निर्माण गरेका छन भने ५० करोड बढीको योजनामा पर्य पर्यटन क्षेत्रको रुपमा बिकास भइरहेको छ । जसको लागि उपभोक्तहरुबाटै पब्लिक कम्पनी दर्ता गरेर काम सुरु भइसकेको छ । 
     

सम्वन्धित समाचार

महोत्तरी, १६ मंसिर  महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न…

महोत्तरी, १६ मंसिर  प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भए…

काठमाडौं,१४ म‌ंसिर बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्…

भैरहवा, १४ मंसिर  नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल पर…