• मोरङ । मोरङको कानेपोखरी पेस्तोल काण्डमा परेका पूर्ण बोहोरा पाँच लाख धरौटीमा छुटेका छन भने एर्को एक जना पुर्पुक्षमा जेल चलान भएका छन् । 
    कानेपोखरी ६ मा भदौ १५ गते राति करिव ११ बजे कानेपोखरी ६ शिवालय टोलका ३० बर्षिय रुद्र क्षेत्री(अमरा) पेस्तोलसहित पक्राउ परेका थिए । क्षेत्रीको बयानको आधारमा सोही टोलबाट ४० बर्षिय पूर्णबहादुर बोहोरालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेका थिए । 
    पेस्तोल काण्डमा रुद्रले पक्राउ परेदेखि जेल जानेबेलासम्म पेस्तोल पूर्ण बोहोराले दिएको भनेपनि बोहोराले स्वीकार गरेको थिएनन् । 
    अदालतले पूर्ण बोहोरालाई पाँच लाख धरौटी लिएर असोज १० गते तारिकमा छाडेको र रुद्रलाई पुर्पुक्षमा जेल पठाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए । पेस्तोल पूर्ण बोहोराले राख्दै गर पछि काम लाग्छ भन्दै आफूलाई दिएको रुद्रले बयान गरेको प्रहरीले जनाएको छ । 
    पूर्ण बोहोरा नेपाली कांग्रेसको वडा सभापतिको उमेद्वार घोषणा गरेका थिए । अधिवेशनको मुखैमा पक्राउ परेको बोहोरा सकिएपछि धरौटीमा छुटेका हुन् । 
    रुद्र अमेरिकामा बनेको पेस्तोल, म्यागजिन र गोलीसहित पक्राउ परेका थिए । बोहोराको परिवारले भने फसाउने प्रयास भएको भन्दै निष्पक्ष छानविनको माग गरेको छ । 
     

सम्वन्धित समाचार

  दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी …

 दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्या…

आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयो…

 जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खा…