• मोरङ । मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा सोमबार विद्युत लाइन प्रसारण भएको छ । 
    तेस्रो मुलुक गएर बाँकी रहेका भुटानी शरणार्थीहरुका लागि विद्युत सुविधा प्रदान गर्न शिविरमा विद्युत प्रसारण लाइन जडान गरिएको हो । आज बिहान शिवर ब्यबस्थापन समितिको आयोजनामा प्रसारण लाइन चालु गरिएको हो । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमु्ख दिलिपकुमार राई, विद्युत कार्यालय उर्लाबारी मोरङका प्रमुख इन्जिनियर दिगम्बर यादव, शिविर सचिव चम्पासिंह राई लगायतको उपस्थितिमा विद्युत लाइन चालु गरिएको हो ।
    शिविरमा विद्युत प्रशारण लाइनको लागि शरणाार्थी सम्बन्धि उच्चायोग (युएनएचसीआर)को संयोजनमा ३६ लाख रुँपैया विद्युत कार्यालयमा जम्मा भएको थियो । सो रकमले शिविरमा १०० केभीएको दुई वटा ट्रान्समिटर, ६० वटा कङक्रीट पोल गाडेर तार टाँगिएको थियो । शिविरमा विद्युत चालु गरिएपनि घरघरमा मिटर जडान गर्ने काम बाँकी रहेकाले दशैंसम्म विद्युत बाल्ने योजना रहेको शिविर सचिव चम्पासिंह राईले बताए । 
    मिटरको लागि धरौटीदेखि घरमा वाइरिङ्गसम्मको काम युएनएचसीआरले गरिदिने सचिव राईले बताए । हालसम्म शिविरमा रहेका ३४२ घर परिवारको विद्युत जडान गर्न आवेदन संकलन भएको छ । भुटानी शरणार्थी परिचय पत्र र आरसीयु (नेपाल सरकारको शरणार्थी हेर्ने कर्मचारी)को सिफारिसको आधारमा बिद्युत मिटर जडान हुने सचिव राईले बताए । 
    सन १९९० मा भुटानी शरणार्थी नेपाल आएका थिए । करिव ३१ बर्षदेखि बस्दै आएका भुटानी शरणार्थीहरुले औपचारिक रुपमा विद्युत सेवा पाएका थिएनन । केहीले छिमेकी नेपाली घरपरिवारबाट तानेर उपभोग गर्दै आएका थिए । 


     

सम्वन्धित समाचार

 काठमाडाँ, १७ मङ्सिर : नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावि…

गोदावरी (कैलाली), १२ मङ्सिर : चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण ब…

 कास्की, १७ कात्तिक : एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको…

मलेखु (धादिङ), १७ कात्तिक : धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको स…