•  काठमाडौँ, २ मङ्सिर 

    नेपाल घोडचढी सङ्घले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय घोडचढी महासङ्घको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारणसभाले नेपाललाई मान्यता दिने निर्णय गरेको हो ।

        कात्तिक २८ देखि मङ्सिर १ गतेसम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय गरेको नेपाल घोडचढी सङ्घका अध्यक्ष रवी राजकर्णिकारले जानकारी दिनुभयो । नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासङ्घको निर्णयप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सङ्घले ६ वर्षदेखि संघर्ष गर्दै आएको थियो । 

        नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना सङ्घका पदाधिकारीले नेपालको भ्रमण गरेका थिए । उनीहरूले नेपालमा घोडचडीको सम्भावना र विकासको अवस्थाबारे जानकारी लिएका थिए । टोलीले रक्षा मन्त्री डा मिनेन्द्र रिजाल, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीलगायतसँग भेटघाट गरेको सङ्घले जनाएको छ । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …