•  गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र)/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति/निम्बार्काचार्य जयन्ती/विश्व शौचालय दिवस  कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि, १३ः२५ बजेदेखि मार्ग कृष्ण प्रतिपदा। कृत्तिका नक्षत्र। चन्द्रराशि– मेष, ८ः२२ बजेदेखि वृष।

    मेष - कर्मयोगबाट मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। 

    वृष -  प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। 

    मिथुन -  अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। 

    कर्कट - आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। 

    सिंह -  कर्मका प्रेरक बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। 

    कन्या - मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।  

    तुला - कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। 

    वृश्चिक -  नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला।  

    धनु -  चुनौती अँगाल्नुपरे पनि प्रतिस्पर्धाले भविष्यको बाटो देखाउनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। 

    मकर -  स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। 

    कुम्भ -  अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।  

    मीन - अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ।  

सम्वन्धित समाचार

नवलपुर, २२ मङ्सिर   शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै …

काठमाडौँ, २० मङ्सिर   कर्णाली चिकित्सा  शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रह…

चितवन, १९ मङ्सिर   कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मो…

भक्तपुर, १७ मङ्सिर  राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । …