• भक्तपुर, ७ मङ्सिर 

     स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई आपतकालीन अवस्थामा अक्सिजन दिनुपरेमा अब सहज हुने भएको छ । यसअघि अक्सिजनको व्यवस्था नभएको सूर्यविनायक नगरपालिकाभित्रका १० वटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान गरिएसँगै अब अक्सिजन आवश्यक पर्ने बिरामीलाई सेवा दिन सहज हुने भएको हो । 
    यस नपाका १० वटै वडाका स्वास्थ्यचौकीलाई अमेरिकन संस्था गर्डेन अफ द एन्जल्सले  करिब रु १२ लाख मूल्य बराबरको उक्त उपकरण  भोलेन्टियरर्स नेपाल नेशनल ग्रुपको सहयोगमा प्रदान गरिएको नगरपालिकाका सामाजिक विकास समितिकासंयोजक एवं  वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

        कोरोना भाइरसको महामारीले एउटा ठूलो पाठ सिकाएको स्मरण गर्दै वडाध्यक्ष थापाले यस्ता उपकरणले विशेष परिस्थितिमा स्वास्थ्यचौकीसम्म आएका बिरामीलाई राहत मिल्ने  बताउनुभयो । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागार्इंले प्रत्येक वडाका स्वास्थ्यचौकीमा पुगेका ती उपकरणका सही उपयोग गराउने बताउनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …