• पर्सा, ७ मङ्सिर 

     वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य मुख्य सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य भएका छन् । मुख्य सडकमा गहिरो खाल्टो भए पनि लामो समयसम्म मर्मतसम्भार नहँुदा  सर्वसाधारणहरु जोखिममा यात्रा गर्न बाध्य भएका हुन् ।

        ठूलाठूला खाल्टोका कारण दैनिक तीनदेखि चारवटा सवारी दुर्घटना भए पनि सम्बन्धित निकायले कुनै चासो नलिएको स्थानीयवासीले गुनासो गरेका छन् । कामविशेषले भन्सार  क्षेत्र वा नजिकको भारतीय बजार  रक्सौल जानुपर्दा जोखिममा यात्रा गर्नु परेको महानगरपालिका–२ छपकैयाका असहाब आलमले जानकारी दिनुभयो । उहाँले बिग्रिएको सडकका कारण  दुर्घटनाको जोखिमसँगै वर्षाका बेला हिलो र हिउँदका बेल धुलोसमेत आफूहरुले खेपिरहेको गुनासो गर्नुभयो ।

        वीरगञ्ज भन्सार अगाडिकै मुख्य सडक वर्षौंदेखि बिग्रिए पनि सम्बन्धित निकायलाई उक्त सडक मर्मतसम्भारको कुनै चासो नहुनु दुर्भाग्यपूर्ण रहेको महानगरपालिका–१४ गण्डक निवासी अब्दु सैफ अन्सारीको भनाइ छ । उहाँले बिग्रिएको सडकको कारण सो क्षेत्र सधैँ धुलोम्मे हुने गरेको बताउनुभयो । 

        व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जीवकुमार गुप्ताले घण्टाघरदेखि मितेरी पुलसम्मको सडकमा रहेका खाल्टाखुल्टीलाई पुरी कालोपत्र गर्न र आवश्यकतानुसार १७ मिटर चौडाइको सडक नै निर्माण गर्ने योजनासहितको अनुमान भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा बुझाएको र मन्त्रालयले स्वीकृति दिनेबित्तिकै काम सुरु गर्ने बताउनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…