काठमाडौँ, १० मङ्सिर
यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । 
    
    सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । 
स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् । 
कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        