• ताप्लेजुङ, १४ मङ्सिर

     माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । 

    यसका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । आफ्नै लगानीमा प्रयोगशाला स्थापना गरे माटो परीक्षणको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार भूगोल र हावापानी सुहाउँदोखेती प्रणाली अवलम्बन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित निःशुल्क माटो परीक्षणको व्यवस्था मिलाइएको छ । 

    गाउँपालिका क्षेत्रभित्रका सबै किसानले निःशुल्क माटो परीक्षण गर्न पाउने गरी नवौँ गाउँसभाद्वारा नीतिगत निर्णयसमेत गरेको थियो । माटो परीक्षणका लागि गाउँपालिकाअन्तर्गत रहेका सिनाम नमूना माध्यमिक विद्यालयस्थित प्रयोगशालामा जान सकिन्छ । उक्त प्रयोगशालामा निःशुल्क माटो परीक्षणको व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा रु तीन लाख ५० हजार अनुदान दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

     उहाँका अनुसार प्रत्येक महिनाको पहिलो र चौंथो शनिबारका दिन किसानले माटो परीक्षण गर्न सक्नेछन् । गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धि गरी सर्वसाधरणलाई आत्मनिर्भर बनाउन र उनीहरुको आयआर्जनमासमेत वृद्धि गर्न निःशुल्क माटो परीक्षणको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो । 

    प्रयोगशालामा माटोमा अम्लियपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्यतत्व, मुख्य खाद्यतत्व, प्रोटेबललगायतको डिजिटल नतिजा देखाउने र प्रिन्ट गरेर किसानलाई दिन पनि मिल्ने उहाँले बताउनुभयो । 
     

सम्वन्धित समाचार

 काठमाडौँ, ८ असोज : वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयो…

 नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमार…

 ढोरपाटन (बागलुङ), ५ असोज : भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुर…

 फुङ्लिङ (ताप्लेजुङ), ४ असोज : फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वाता…