•  काठमाडौँ, १४ मङ्सिर 

     उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ । 

    मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य वाग्मतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो ।  यससँगै पाँच खेलमध्इे वाग्मतीले दुई खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । 

    त्यस्तै पाँच खेलमध्ये चार खेलमा पराजय भोगेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ । वाग्मतीलाई जित दिलाउन विवेक मगरले सर्वाधिक १८ रनको योगदान दिए भने क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका अनुज चानाराले सर्वाधिक ५ विकेट लिए भने प्रकाश जैसी, सुवास ऐयर र युनिस सिंहले समान एक–एक विकेट हात पारे । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको कर्णाली २७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । कर्णालीका लागि कप्तान निश्चल रावलले सर्वाधिक १५ रन जोड्दा सन्दीप शाही १४, विपीन रावल १२ तथा रुपक दाहाल १० रनमा आउट भए । 

    वाग्मतीका गौतम केसी एक्लैले चार विकेट हात पारे । विशाल यादवले ३, क्रिस कार्कीले २ र विपुल खनालले १ विकेट लिए । कर्णालीले आफ्नो अन्तिम खेल बिहीबार मूलपानीमा प्रदेश २ सँग खेल्नेछ भने वाग्मतीले शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ । 

सम्वन्धित समाचार

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…

काठमाडौं, २७ पुस  भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पहिलो खेलमा &n…

 इटहरी, २७ पुस इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको त…

काठमाडौं, २१ पुस कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी…