• तनहुँ, १ माघ

    कोरोना भाइरस फैलने जोखिमले शील गरिएको पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्तिको दिन झण्डै १२ हजार भक्तजन पुगेका छन् । 

    गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा मकर स्नान गर्नाले पुण्य प्राप्त हुने जनविश्वासले शील हुँदाहुँदै पनि हजारौँ भक्तजन देवघाट पुगेका हुन् ।

    कोरोनाको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमा फैलन थालेपछि देवघाट क्षेत्रमा हुने माघे संक्रान्ति मेला स्थगित गरिएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेश गर्ने नाका शील समेत गरिएको थियो । देवघाट प्रवेश गर्ने नाका आँपटारी, ठिमुरा, दासढुंगा र रामनगरबाट प्रवेशमा रोक लगाएको छ । तैपनि पनि मकर स्नान गर्न झण्डै १२ हजार भक्तजन पुगेका छन् ।

    भक्तजन बिहानैदेखि गेटमा आएर बसेपछि बिहान साढे ८ बजेदेखि पैदलयात्रीलाई देवघाट प्रवेश गर्न दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक घिरणबाबु घिमिरेले बताए । त्यसपछि साँझसम्म १० देखी १२ हजार भक्तजन देवघाटमा स्नान गर्न आएको अनुमान गरेको उनले जनाए  । ‘प्रशासनको आदेश अनुसार देवघाटमा लाग्ने माघे संक्रान्ति मेला स्थगित गरेका थियौँ ।  ९० प्रतिशत तयारी पुरा भइसकेको थियो । देवघाट शील भएको सूचना जारी गरेका थियौँ । नाका  शील हुँदा समेत भक्तजन आउनुभयो । देवघाटप्रतिको आस्था,महिमाका कारणले हो’, उनले भने । 

    विगतको तुलनामा यसपालि देवघाट सुनसान बनेको घिमिरे बताउँछन् । मेला स्थगित गरेर नाका शील नभएको भए देवघाटमा भक्तजनको घुइँचोले खुट्टा टेक्ने ठाउँ समेत नहुने उनले उल्लेख गरे । विगतका वर्षमा देवघाटमा मकर स्नान गर्न पाँच लाख बढी भक्तजन आउने गरेका थिए । देशभरबाट माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नलाई आउने भक्तजनको भिड अघिल्लो दिनबाटै लाग्दथ्यो । भजनकिर्तनले देवघाट क्षेत्र गुञ्जायमान हुने गरे पनि यसपालि सुनसान नै रह्यो । 

    देवघाटधामस्थित बेनीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । कोरोनाको जोखिमले गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिसहित सन्त–महन्त, बटुक लगायत स्थानीयको उपस्थितिमा मात्रै बाँसको लिंगो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो । माघे संक्रान्तिमा देवघाटमा हुने मेला देशकै ठूलो र प्रसिद्ध मानिन्छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…