• काठमाडौं, २ माघ 

    इटालीयन सिरी ए क्लब युभेन्ट्सले शनिबार राति भएको खेलमा सहज जित निकालेको छ ।  घरेलु मैदानमा १२औं जित निकाल्ने क्रममा युभेन्ट्सले उडिनेसलाई २–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । 

    अर्जेन्टिनी स्टार समेत रहेका पाउलो डिबलाको गोलमा युभेन्ट्सले खेलको १९ औं मिनेटमा अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्याे । 

    खेलको ७९ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै २–० को सहज जित दिलाए । 

    जितसँगै २२ खेलबाट युभेन्ट्सले ४१ अंक जोडेको छ र पाचौ स्थानमा छ । यता, पराजित उडिनेस २० खेलबाट २० अंक सहित १४ औं स्थानमा छ । 

    गय रातिनै भएको सिरी ए को खेलमा सेलेरनिटानालाई ३–० ले पराजित गर्दै लाजियो छैटौं स्थानमा रह्यो । यस्तै टोरिनोले साम्पडोरियालाई २–१ अन्तरले पराजित गर्याे । 

    सिरी ए मा २० खेल खेलेको इन्टर मिलान ४९ अंक सहित शीर्षस्थानमा रहेको छ । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …