• उर्लाबारी ८ माघ
    गु्रप अफ युथ उर्लाबारीले उर्लाबारी–९ मा रहेका चार सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई २ सय ५९ थान ज्याकेट वितरण गरेको छ ।


    राजकुमार पोमु लिम्बू (लोलिम), हिरामणी सिलवाल, दिपक भट्टराई, कृष्ण दाहाल, डा. सन्दिप अधिकारी, डा. सम्पन्न बुढाथोकी, डा. विशाल प्रतिक मिश्र, रमेश श्रेष्ठ, भूपाल काफ्ले, नरकाजी श्रेष्ठ, नितम कार्की, सुजित जैसवाललगायतको टिमले राजघाट आधारभूत विद्यालयमा ८३, महाराजथान आधारभूत विद्यालयमा ७६, सार्वजनिक माध्यमिक बिद्यालयमा ५० र प्रभात आधारभूत विद्यालयमा ५० गरी २ सय ५९ वटा ज्याकेट वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने निम्न स्तरका विद्यार्थीहरु पनि सहज रुपमा विद्यालय आउन सकुन् भन्ने हेतुले ज्याकेट वितरण गरिएको अभियन्ता नितम कार्कीले जानकारी दिनुभयो ।

    अभियान्ता तथा अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले चार वटै सामुदायिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क ब्लट ग्रुप छुटाउने ब्यवस्था मिलाउने घोषणा गर्नुभयोे । उहाँले शिक्षक तथा शिक्षिकाहरुको निशुल्क सुगरको उपचार पर्ने पनि प्रतिवद्धता जाहेर गर्नुभयो । उर्लाबारी वडा नं. ९ मा कोही पनि उपचार नपाएर बस्नु नपर्ने र अरनिको हस्पिटलमा हुन सक्ने उपचार निशुल्कसम्म गर्न उहाँको भनाई छ । ज्याकेट हस्तान्तरण कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सिरेङ, सामाजिक अभियान्ता पूर्ण सिंगक लिम्बू, प्रकाश कन्दङ्वा, जितेन धिमाल, जीवन चिमरिया, भूपाल काफ्ले, प्रेस सेन्टर नेपालका पूर्वी शाखा अध्यक्ष सरोज बस्नेतलगायतको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…