• काठमाडौं, ११ माघ

    सरकारले भिजिट भिसामा खाडी मुलुकमा पुगि भोग्नु परेका समस्या र तिनको समाधानका लागि योजना पेस गर्न सात सदस्यीय समिति गठन गरेको छ । 

    मंगलबार गृह मन्त्रालयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापन तथा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको थियो ।  

    त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहित सरोकारवाला सरकारी निकायहरूको बैठक बसेको थियो।

    उक्त बैठकले नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाई र त्यसबारे देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्न गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

    कोरोना संक्रमण बढिरहँदा पछिल्लो समय सरकारले मलेसिया सहितका खाडी मुलुकमा भिजिट भिसामा जान रोक समेत लगाएको छ । 

सम्वन्धित समाचार

बुटवल, १० असार  रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहस…

जनकपुरधाम, ९ असार  मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ ।  …

लमजुङ ,९ असार  जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदार…

हुम्ला,  ८ असार कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका व…