• काठमाडौं, १३ माघ 

    ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

    बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो । 

    अब, उपाधिका लागि मनाङले शनिबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ । 

    मनाङको जितमा अशोक बराल नायक बने । उनले आर्मीका युद्ध शाहीको पेनाल्टी रोके । आर्मीका दीपक गुरुङ र मनाङका विश्व अधिकारीको प्रहार पोलमा लागेर फर्कियो । 

    मनाङका फ्राङ्कलिन टेला, शिव गुरुङ, रुपेश केसी र कप्तान आफिज ओलावाले पेनाल्टीमा सफल भए । आर्मीका कप्तान भरत खवास, जर्ज फ्रिन्स कार्की र विवेक बस्नेतले पेनाल्टीमा गोल गरे । 

    यसअघि खेलको निर्धारित समय र अतिरिक्त समय समेत गोलरहित बराबरीमा सकिएपछि खेल खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो । 

    खेलको पहिलो हाफमा मनाङले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । विमल रानाले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे । 

    मनाङ र आर्मी दुवै आफ्नो मुख्य खेलाडीबिना मैदान उत्रिएका थिए । मनाङका कप्तान अन्जन विष्ट, रक्षक दिनेश राजवंशी, नितिन थापा, पूजन उपरकोटी राष्ट्रिय टोलीमा रहेका छन् । 

    आर्मीका सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, जगजित श्रेष्ठ मौरिससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका छन् ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …