• काठमाडाैं, १४ माघ

    १४, माघ २०७८ शुक्रबार, तदनुसार २८ जनवरी २०२२  । माघकृष्णपक्ष एकादशी, आजको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । बब करण, अनुराधा नक्षत्र, धुव्र योग, चन्द्रमा वृश्चिक राशिमा छ ।आज बिहान ६ः५५ मा सूर्योदय हुनेछ भने १७ः४० मा सूर्यास्त हुनेछ । आज १०ः५६ देखि १२ः१७ सम्म राहुकाल रहेको छ । ११ः५६ देखि १२ः३९ सम्म अभिजित मुहूर्त रहेको छ । आजको देवता भूमि र ग्रहदेव केतु रहेको छ ।

    शुक्रबार यात्रा र मनोञ्जनात्मक कार्यका लागि उपयुक्त दिन हो ।

    आज एकादशीव्रत भएकाले सनातनी र एकादशीको व्रत लिनेले भोजन ग्रहण गर्दैनन् । हरेक महिनामा २ वटा एकादशी व्रत हुन्छन । एकादशीको दिन गरिने व्रतले शरीर, मन र चित्त शुद्धि हुने शास्त्रीय मान्यता छ ।

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु मन्दिरमा  यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको  दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारव्यवसायबाट वृष राशिमा जातका लागि अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि साथ सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ । मौन रहनु तपाईंका  लागि आज निकै फलदायी रहेको छ ।  

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको शुभ रहेको छ ।  त्यसैले आजको दिन तपाईंको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले तपाईंलाई फाइदा हुनेछ।  

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आजको दिन कन्याहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । अर्थहानी हुन सक्नेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ छ, सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईंको कार्यमा सफलता मिल्नेछ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातकका लागि ग्रहहरु बलिया छन् । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।  

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मान सम्मान मिल्ने छ । बिहानको सूर्योदयको दर्शन गरेपछिको दिन उत्तम हुनेछ । आजको दिन देवस्थलको  दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।  

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन व्रत गर्दा मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला ।  

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यवसायमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु बेस हुनेछ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…