• काठमाडाैं, १५ माघ

    बेलायतका वैज्ञानिकले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन् । यो मोबाइल किटले सार्स कोभ-२ पत्ता लगाउन निकै सहज हुने पनि दाबी गरिएको छ । वैज्ञानिकहरुले यो सानो मोबाइल किटको कुल लागत ५१ अमेरिकी डलर रहेको पनि जानकारी दिएका छन् ।

    सस्तो र सानोसमेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजान समेत सहज हुने विश्वास गरिएको छ । संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला छैनन्, दक्ष जनशक्तिको अभाव उत्तिकै छ । यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उनीहरुको भनाइ छ ।

     लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भने, ‘हामी यो मोबाइल ल्याबको कोभिड-१९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौं ।’

    स्टोयनका अनुसार, मानिसहरुले यो किटको मद्दतबाट नियमित रुपमा आफ्नो रगत र पिसाब पनि परीक्षण गर्न सक्ने छन् । तथापि, यो किट विकसित गर्नुको मुख्य उद्देश्य भने कोरोना परीक्षणलाई सर्वव्यापी बनाउनु रहेको उनको भनाइ छ । ‘ल्याब इन द ब्याकप्याक’ले सस्तो र सहज परीक्षणमा मद्दत पुग्ने स्टोयनको विश्वास छ ।

सम्वन्धित समाचार

किभ, २२ चैत रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरि…

बेइजिङ, १० फागुन सन् २०२० मा चीनमा भएको भारी वर्षामा कोभिडका कारण उत्सर्जनमा तीव्र गिरावट जोडिएको वैज्…

सिंगापुर, ८ फागुन सिंगापुर विश्वकै सुविधा सम्पन्न देश हो । यहाँ चम्किला गगनचुम्बी महल र आलिसान अर्पाटम…

लन्डन, २७ माघ कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री …