• काठमाडौं, २६ माघ

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ । १० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएकाे प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए ।

    चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा हरिवन–५ स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भइरहेको छ । प्रशिक्षणको सुभारम्भ प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती र बेची लुङ्गेलीले गरेका थिए । 

    कार्यक्रममा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले मधेशको पहिचान ढोलकसँगै मादलको संयोजन गरी प्रशिक्षण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले प्रत्येक विद्यालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिए । प्रशिक्षण २५ माघबाट ५  फागुनसम्म हुनेछ । 

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …