• सुर्खेत,   २२  फागुन

    सुर्खेतमा कालिकोटका एक व्यापारीको मृत्यु भएको छ । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको मृत्यु भएको हो ।
     
    व्यापारी हमालनेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ थिए ।  त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको बिषयमा प्रहरीसँग वादविवाद भएको थियो । विवादकै क्रममा प्रहरीले कुटेको हमालको आफन्तको आरोप छ । 

    नेपालगञ्जबाट भे१क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।
    मृत्तकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए । यसो नगर्न भनेपछि उनीमाथिनै प्रहरी जाइ लागेको कमलबहादुरले बताए । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो ।’ उनले भने । 

    हमालको शव सुर्खेत हस्पिटलमा राखिएको छ । कालिकोटबाट आफन्त आउँदै गरेको जनाएका छन् । हमालको मृत्यु शंकास्पद भएकाले छानबिनको माग गरेको मृतकका छिमेकी रनबहादुर खत्रीले बताए । 

    के कति कारणले मृत्यु भयो भन्ने बारे अनुशन्धान भइरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए । ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो ।’ उनले भने, ‘विस्तृत विवरण बुझ्दैछौं । अनुसन्धानपछि सबै खुल्नेछ ।’

    हमालको कालिकोटका तिलागुफा नगरपालिका–१ मा व्यापार गर्दै आएका थिए । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…