• काठमाडौं, २४  फागुन 

    अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग जारी छ । एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सन्चालन गर्ने भएकाे छ । 

    १४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुनेछन् । एन्फाले १८ फागुनबाट सुरु गरेको लिगको १४ खेल समाप्त भइसकेका छन् ।  

    सम्पूर्ण टिमले दुई दुई खेल खेलेसँगै आज लिगलाई विश्राम दिएको छ । लिगका ७७ खेल बाँकी रहँदा ५० गोल पूरा भएका छन् । औषतमा प्रत्येक खेलमा ३ दशमलब ५७ गोल भएका छन् । 

    दोस्रो डिभिजनको जारी लिगमा चर्च ब्वाईज युनाईटेड र टुसाल युथ क्लब तथा मध्यपुर युथ एसोसियसन र सामाजिक युथ क्लबबीच सर्वाधिक ७–७ गोल भएका छन् । दुबै खेलमा ५–२ अन्तरका टुंगिएको थियो । जारी लिगमा बाँसबारी क्लब र टुसाल युथ क्लबीचको खेलमा मात्रै गोल निस्किएको छैन । 

    दुई चरणको खेल सकिँदा चर्च ब्वाईजले सर्वाधिक ७ गोल गरेको छ भने मध्यपुर युथ एसोसियसन, श्रीकुमारी क्लब तथा सामाजिक युथ क्लबले ५–५ गोल गरेका छन् । 

    जारी लिगमा दुई खेलमा सतप्रतिशत जित निकालेका चर्च ब्वाईज युनाइटेड र श्रीभगवती क्लब समान ६ अंक भए पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

    चार अंकको सरस्वती युथ क्लब तेस्रो स्थानमा छ । यस्तै, समान तीन अंक भए पनि मध्यपुर, खुमलर युथ क्लब, रानीपोखरी कर्नर टिम आरसिटी, ब्वाईज युनियन क्लब क्रमशः चौथो, पाँचौ, छैटौं र सातौं स्थानमा छन् । 

    यस्तै, नयाँबस्ती युथ क्लब र श्रीकुमारीको समान दुई अंक रहेको छ र क्रमशः आठौं र नवौं स्थानमा छन् । यता, समान एक अंकका विरगंज युनाईटेड, झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, सामाजिक युथ क्लब र टुसाल युथ क्लब क्रमशः १०औँ देखि १४औं स्थानसम्म छन् । 

    सामाजिक युथ र टुसाल भने रेलिगेसन क्षेत्रमा छन् । जारी लिगमा शीर्ष दुई क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन लिगमा घटुवा हुनेछन् । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …