• भक्तपुर,  २४ फागुन

    भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको एउटा सार्वजनिक पाटीको पुनर्निर्माण सम्पन्न भएको छ । नगरको बाराहीस्थित हनुमान (भुजू) पाटीको पुनर्निर्माण सम्पन्न भएको हो । 

    पाटीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार उद्घाटन गरे । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनर्निर्माण भएको हो । 

    यसअघि पाटी पुनर्निर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी उपभोक्ता समिति गठन गरिएको थियो । कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले २४ लाख १३ हजार एक सय २२ रुपैयाँं खर्च भएको जानकारी दिए । 

    पाटी पुनर्निर्माणका लागि ३७ लाख १० हजार २८७ रुपैयाँ लागत स्टिमेट भएको उनले स्मरण गरे । उपभोक्ता समितिमार्फत काम भएकाले लागत स्टिमेटभन्दा कम खर्च हुने गरेको उनले बताए । 

    नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचना स्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने गरेको अनुभव सुनाए । 
    भक्तपुर नगरपालिका- ३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताए । कार्यक्रममा स्थानीय चन्द्रभक्त भुजू, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीलगायतले स्थानीय पाटी बनेको भन्दै खुसी व्यक्त गरे । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…