• भैरहवा, ६ चैत

    नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् ।

    एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन। 

    उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन् । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पाेन्सरबाट पुरस्कृत भएका छन् ।

    थापा टप पाँचमा परेपछि गत साता भैरहवा भाेटकाे अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपाेर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् । 

    त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् ।

    झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौ भए ।       

सम्वन्धित समाचार

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महा…

काठमाडौं,१ असोज  गीतकार ध्रुवप्रसाद अम्गाईंको ‘कुरै कुरामा’ बोलको गीतको भिडियो रिल…

बारा, २५ भदौ गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा …

काठमाडौं, २४ भदाै  चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजन…