• मोरङ । मोरङको पथरीशनिश्चरेमा भोली (मंगलबार) माओवादी केन्द्र नेतृत्वको गठबन्धनको चुनावी सभा हुने भएको छ । 
    पथरीशनिश्चरेमा माओवादी केन्द्र, नेकपा एस र जसपाको तालमेल (गठबन्धन) रहेको छ । ३० हुने निर्वाचनको लागि गठबन्धनको तर्फबाट नगर प्रमुखमा माओवादी केन्द्रको दिनानाथ तिम्सिना, उपप्रमुखमा नेकपा एसको बिन्दु राई उमेद्वार रहेका छन । जसपाले ३ र ६ नं. वडामा अध्यक्ष लगायतको पदहरुमा उमेद्वारी छ । 
    मंगलबार दिउँसो १ बजे बृहत प्रदर्शनीपछि जाँते मोडमा कोणसभा हुने गठबन्धनका नेताहरुले बताएको छ । कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट पूर्ब सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य १ नं. प्रदेश इन्चार्ज राम कार्की, नेकपा एसका केन्द्रीय सदस्य १ नं. प्रदेश सचिव महेश रेग्मी, जसपाको प्रदेश सचिव प्रेम वनेम लगायतका नेताहरु उपस्थिति हुने माओवादी केन्द्रको नगर समिति सदस्य मान दियालीले बताए । 
    गठबन्धनले नगर प्रमुख, उपप्रमुखको साथै १० मध्ये कम्तिमा पाँच वटा वडा जित्ने दाबी गर्दै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मनकामना सामुदायिक वनको चर्चा अमेरिकामा समेत हुने गरेको मोरङ पथरीशनिश्चरे नगरपालिका—१ नं.…

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…