• काठमाडौं,  २१  जेठ

    फर्स्ट फ्लाएर्स फिल्म अवार्ड-०७९ आगामी ५ कात्तिकमा विराटनगरमा आयोजना गरिने भएको छ । यसअघि २४ वैशाखमा हुने घोषणा गरिएको अवार्ड स्थानीय तहको चुनावको कारण स्थगित भएको थियो ।

    ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा २०७६, २०७७ र २०७८ चैत्र भित्र प्रदर्शन भएका नेपाली फिल्महरू सहभागी हुने छन् ।

    २३ विधा रहेको अवार्डमा उत्कृष्ट अभिनेता,उत्कृष्ट अभिनेत्री,उत्कृष्ट निर्देशक,उत्कृष्ट फिल्म,उत्कृष्ट संगीतकार,उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट पार्श्व गायिका,उत्कृष्ट कथा,पटकथालगायत लाइफ टाइम अचिभ्मेन्ट अवार्ड,पब्लिक च्वाइस अभिनेता,अभिनेत्री,जुरी लगायत प्रमुख विधा छन् ।

    मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए ।

    अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रवीन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी (सिपी), एक्टिभिटिज डाइरेक्टर हरि शिवाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज, सञ्जु सापकोटा र रविन राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

    अवार्डमा प्रदेश १ का प्रमुख सबै जातजातिको मौलिक संस्कृति, भेषभुषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य २०० बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…